समायोजन खबर काठमाण्डौ,
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्र्तगत आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा किंग्स इलेभन पञ्जाव र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । आर अश्विनको कप्तानीमा रहेको पञ्जाव र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईबीचको खेल चन्डिगढमा दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

यस्तै आजै हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकोत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ । श्रेयस सन्तोष अइरको कप्तानीमा रहेको दिल्ली र दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकोत्ताबीचको खेल दिल्लीमा राति ८ बजेबाट सुरु हुनेछ । यसअघि गएराति भएको खेलमा सनराईजर्स हैदरवादले पहिलो जित हात पारेको छ । राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरवादले पहिलो जित हात पारेको हो । हैदरवादस्थित राजिव गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य हैदरवादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा २ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । जितसँगै हैदरवादले २ खेलबाट २ अङ्क जोडेको छ ।
२०७५ चैत्र १६ गते बिहान ९ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology