• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसइई परिक्षाका लागि २३ केन्द्र,३ हजार ९ सय ३३ परिक्षार्थी

एसइई परिक्षाका लागि २३ केन्द्र,३ हजार ९ सय ३३ परिक्षार्थी


चिसाङ शेर्पा
  • शनिबार, चैत्र ९ २०७५

  • सांकेतिक तस्विर।

    चिसाङ शेर्पा खोटाङ,
    एसइई परिक्षाका लागि खोटाङमा २३ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । चैत्र १० गते (भोली)देखी २१ गतेसम्म सञ्चालन हुने एसइई परिक्षाका लागि जिल्लाका विभिन्न विद्धालयहरुलाई परिक्षा केन्द्र निर्धारण गरिएको हो ।

     

    परिक्षाका लागि विश्वज्योती उमावि लामिडाँडा, पञ्च मावि दिक्तेल, त्रिभुवन मावि ऐसेलुखर्क, भगवती दिननाथ उमावि खोटाङबजार, सिमपानी मावि सिमपानी, चिसापनी मावि चिसापानी (क), पृथ्वी मावि बाक्सिला, देउराली मावि डुम्रेधारापानी, जालपा मावि जालपा, लक्ष्मी मावि बडहरे, सरस्वती मावि दिक्तेल, महेन्द्रोदय उमावि ओख्रे, चिसापानी मावि चिसापानी (ख), चम्पावती मावि बुइपा, मनोकामना जनकल्याण मावि निर्मलीडाँडा, बालकन्या मावि फाक्टाङ, सोकला मावि रतन्छा, शारदा मावि खार्पा, सरस्वती मावि अर्खौले, सरस्वती मावि मात्तिम, कृष्ण मावि टेम्मा, दुर्छिम मावि दुर्छिम र महेन्द्रदोय मावि हलेसी रहेका छन् ।


    भोलीबाट सञ्चालन हुने एसइई परिक्षामा रेगुलरतर्फ ३ हजार ७ सय १०, एक्जामटेडको नयाँ कोर्षतर्फ ७७, पूरानो कोर्षतर्फ ५३ र प्राविधिकतर्फ ९३ जनाले एसइई परिक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई दिक्तेलका प्राविधिक सहायक तीर्थबहादुर विकले जानकारी दिए । प्राविधिकतर्फ भने पञ्च मावि दिक्तेल र चिसापानी मावि चिसापानीका विधार्थीले परिक्षा दिनेछन् ।
    हेर्नुहोस परिक्षा तालिका
    चैत्र १० गते अनिवार्य अंग्रेजी
    चैत्र ११ गते अनिवार्य नेपाली
    चैत्र १३ गते अनिवार्य गणित
    चैत्र १४ गते अनिवार्य विज्ञान
    चैत्र १५ गते अनिवार्य सामाजिक
    चैत्र १६ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा
    चैत्र १७ गते ऐच्छिक प्रथम
    चैत्र १८ गते ऐच्छिक द्धित्तीय
    चैत्र १९, २०, २१ गते प्राविधिक विषय
    २०२७ चैत्र ९ गते बिहान ९ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology