समायोजन खबर काठमाण्डौ,
सरकारले दुईसय ३२ रोजगार संयोजकका लागि पुनः दरखास्त आव्हान गरेको छ । यसअघिको विज्ञापनबाट आवश्यकता अनुसार पदपूर्ति नभएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः दरखास्त आव्हान गरेको हो । फागुन ३० गते अर्थात् आज बिहान १० बजेदेखि चैत्र ९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइड www.pmep.gov.np मार्फत् दरखास्त दिन सकिने मन्त्रालयले जनाएको छ ।
सातसय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिए पनि आवश्यकता अनुसार पदपूर्ति नभएपछि फेरि आवेदन खुलाइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक प्रकाश दाहालले बताउनुभयो । मन्त्रालयका अनुसार पुरानै मापदण्डअनुसार खाली रहेका स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गरिनेछ । परीक्षामा उत्तीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था रहेको छ ।
२०७५ फागुन ३० गते बिहान ९ : ३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology