समायोजन खबर खोटाङ,
युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा खोटाङमा एकजना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार बिश्वकर्मा पक्राउ परेका हुन् । गत फागुन १३ गते यौन दुव्र्यवहार गरेको भन्दै पिडकविरुद्ध प्रहरीचौकी जालपामा निवेदन परेपछि फागुन १५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिनुभयोे ।
आरोपितमाथि युवतीको संवेदनशिल अंग छोएको, किस गरेको अभियोग छ । यौन दुव्र्यवहारका घट्नालाई पिडकपक्षले आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास गरेकाले ढिलागरी जाहेरी दरखास्त परेको प्रहरीले जनाएको छ । जाहेरी दरखास्त परेपछि कानूनी कारबाही अघि बढाइएको डिएसपी केसीले बताउनुभयो ।
२०७५ फागुन २० गते साँझ ६ :२३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology