• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भण्डारेघाटमा सामुदायिक स्वास्थ्य इकाई स्थापनापछि बिरामीलाई सहज

भण्डारेघाटमा सामुदायिक स्वास्थ्य इकाई स्थापनापछि बिरामीलाई सहज


चिसाङ शेर्पा
  • शुक्रबार, फाल्गुन १७ २०७५

  • सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई लगायत । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    टेम्मापछि बतासेको भण्डारेघाटमा सामुदायिक स्वास्थ्य इकाईको सुरुवात भएको छ । गाउँघरमै सामान्य स्वास्थ्य उपचार दिलाउन दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटमा स्वास्थ्य इकाईको सुरुवात भएको हो । स्वास्थ्य इकाई स्थापनासँगै चार घण्टाबढी पैदल हिडेर स्वास्थ्य चौकी धाउनुपर्ने स्थानीयको बाध्यता हटेको छ ।

     

    गाउँपालिकाको आर्थिक सहयोगमा विभिन्न औषधी तथा उपकरण खरीदपछि भण्डारेघाटमा साविकको गाउँघर क्लिनिक राखिएको घरमा निःशुल्क दुइवटा कोठामा स्वास्थ्य इकाईको स्थापना गरिएको हो । भण्डारेघाटसहित खोटेहाङ गाउँपालिकाको लिच्किराम्चे, हलेसी तुवाचुङ नगरपालिकाको राजापानी रेग्मीटार र उदयपुरगरी एक हजारबढी घरधुरीले लाभ उठाउने सामुदायिक इकाईको शुक्रबार गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्घाटन गरेका छन् । उद्घाटन लगत्तै वडाध्यक्ष लोकेन्द्र राई र स्थानीय बृद्धबृद्धाहरुको स्वास्थ्य परिक्षणसहित औषधी वितरण तथा सल्लाह सुझाव दिइएकोे छ ।


    स्वास्थ्य इकाईका लागि गाउँपालिकाले परिवार नियोजनका साधनहरु सहित ३७ प्रकारका औषधी, बिपि सेट एक थान, आला एक थान, फोरसेफ, सिजर, थर्ममिटर एक थान, प्रोसेफ एक थान र स्केल एकथान उपलब्ध गराएको थियो । सामुदायिक स्वास्थ्य इकाईबाट गर्भवती महिलाको जाँच, आइरन चक्की वितरण, रुघाखोकी, घाउँ, चोटपटक, प्रेसर जाँच, झाडापखला लगायतका सामान्य समस्याको उपचार हुने गाउँपालिका स्वास्थ्य संयोजक मुस्ताक अहमदले बताए ।

    यसअघि, भण्डारेघाटका माझी समुदाय लगायतले चार घण्टाबढी हिडेर बतासेमै रहेको स्वास्थ्य चौकी जानुपर्ने बाध्यता थियो । त्यही समस्यालाई ध्यानमा राखेर स्थापना गरिएको स्वास्थ्य इकाईमा अब, उनीहरुले सरलरुपमा सुविधा लिन पाउने संयोजक अहमदले बताए । विगत लामो समयदेखी स्वास्थ्यमा समस्या आउँदा महंगो खर्चमा गाडी चढेर दिक्तेल र सुनकोशी तरेर उदयपुरको गाइघाट धाउदै आएका स्थानीयहरु घर आँगनमै स्वास्थ्य इकाई सुरु भएपछि हर्षित बनेका छन् । यसअघि, गत मंगलबार टेम्मामा सामुदायिक स्वास्थ्य इकाईको सुरुवात गरिएको थियो ।
    २०७५ फागुन १७ गते साँझ ६ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology