• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश स्तरीय कराते प्रतियोगितामा समुह विजेता बन्ने खोटाङको संम्भावना कती ?

प्रदेश स्तरीय कराते प्रतियोगितामा समुह विजेता बन्ने खोटाङको संम्भावना कती ?


चिसाङ शेर्पा
  • बिहिबार, फाल्गुन ९ २०७५

  • पुरुष कुमितेमा सुनसरीका (निलो बेल्ट)सँग फाईट गर्दै खोटाङका खेलाडी अर्जुन श्रेष्ठ (रातो बेल्ट)मा । तस्विर चिसाङ शेर्पा बिराटनगर

    चिसाङ शेर्पा बिराटनगर,
    मोरङको बिराटनगरमा भइरहेको प्रदेश नम्बर एक स्तरीय कराते प्रतियोगितामा महिला एकलकातामा खोटाङले सुरुवातमा राम्रो नतिजा ल्यायो । लगत्तै पुरुष एकलकातामा भने सन्तोषजनक नतिजा ल्याउनमा खोटाङ चुक्यो ।

     

    कञ्चनपुरको महेन्द्रनगरमा हुने(मिति नतोकिएको) आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुग्न महिला एकलकातातर्फ स्वर्ण पदक दिलाउदै खोटाङकी रोश्मा राईले बाटो तय गरिन् । अक्सर त्यो अवसर पुरुष एकलकातातर्फ भने रहेन । पुरुष एकलकातामा मोतिचन्द्र राईले कास्य पदक मात्रै जितेर चित्त बुझाए । महिला समुहकातामा रोश्मा राई, विद्याकला राई र नन्जु राईको समुहले स्वर्ण पदक जित्दा पुरुष समुहकातामा अर्जुन श्रेष्ठ, रुरीहाङ दुमी र मोतिचन्द्र राईको समुहले रजत पदकमै चित्त बुझाउनु प-र्यो ।

    पुरुष एकलकाता र समुहकाताबाट आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुग्ने खोटाङका खेलाडीको यात्रा बिराटनगरको शहिद रंगशाला कर्भडहलसम्म मात्रै रह्यो । पुरुष एकलकातामा कास्य पदक र समुहकातामा रजत पदक जितेका उनीहरु महेन्द्रनगर जान सकेनन् । ताकि प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडी मात्रै आठौं राष्ट्रिय कराते प्रतियोगितामा जान पाउनेछन् । यसअघि विभिन्न जिल्ला तथा क्षेत्रिय प्रतियोगितामा दर्जनौ स्वर्ण पदक हानेका खोटाङका खेलाडीले यो पटक भने महिला तथा पुरुष ५०/५५ केजी तौल समुहको कुमितेमा कुनै पनि जित हासिल गर्न सकेन । पुरुष कुमितेतर्फ ५० केजी तौल समुहमा पर्शुराज राई र महिला कुमितेतर्फ ५० केजी तौल समुहमा समिता राई, ५५ केजी तौल समुहमा अर्जुन श्रेष्ठ, पुरुष ६७ केजी पुरुष कुमितेमा रुरीहाङ दुमी, महिला ६१ केजी महिला कुमितेमा सोना राई र ८४ केजीमा हरिकाजी राई बाहिरीए । अर्थात स्वर्ण पदक ल्याउन सकेनन् ।

    पुरुष समुहकाता प्रदर्शन गर्दै खेलाडीहरु

    तीन दिवसीय प्रतियोगिताको तेश्रो दिनमा आइपुग्दा खोटाङले महिला कुमितेतर्फ ४५ र ५५ केजी तौल समुहमा स्वर्ण अथवा रजत जित्ने त्यो हेरको विषय बनेको छ । ४५ केजी तौल समुह महिला कुमितेमा खोटाङकी डुनु राई र पाँचथरकी सोनिया जबेगु, ५५ केजीमा खोटाङकी विद्याकला राई र सुनसरीकी अस्मिता राई प्रतिस्पर्धा गर्दैछ । यस्तै, ६० केजी पुरुष कुमितेमा खोटाङका सन्तोष राई र मोरङका किशोर कोइराला तथा ६८ केजी महिला कुमितेमा खोटाङकी जस्मिना राई र इलामकी समिक्षा लाप्चा फाइनलका निम्ति कडा प्रतिस्पर्धा गर्दैछ । महिला तथा पुरुष कुमितेको कास्य पदकको मात्रै प्रतियोगिता गराउदै स्वर्ण र रजतलाई भोली(शुक्रबार) भिडाउने आयोजकले जनाएका छन् ।

    प्रदेश स्तरीय कराते प्रतियोगितामा समुह प्रथम हुन तथा आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खोटाङको ठूलो सहभागिता जनाउनका लागि बिराटनगरस्थित शहिद रंगशालामा खोटाङका खेलाडी भोक तिर्खा नभनी कडा कसरत गरिरहेका छन् । प्रतियोगिताबाट खोटाङलाई राम्रो नतिजा आउने टिम प्रशिक्षक सन्जय कुमार राई बताउँछन् । १७ स्वर्ण, १७ रजत र ३४ कास्यगरी ६८ विधा अन्तरगत भइरहेको प्रतियोगितामा हालसम्म खोटाङले दुइ, मोरङले एक र सुनसरीले एक स्वर्ण जितेको छ । प्रतियोगितामा अझै १३ स्वर्ण पदक छुट्याउन बाँकी छ । त्यो कसको पोल्टामा जान्छ भन्ने चाहिं हेर्न बाँकी छ । यो समाचार तयार पर्दासम्म अन्य जिल्लाभन्दा खोटाङ पहिलो नम्बरमा छ । तीनवटा स्वर्ण पदक जित्ने मौका खोटाङले सुरक्षित बनाएको छ । हेरौ अन्य विधामा खोटाङको प्रस्तुती कस्तो हुनेछ । प्रदेश स्तरीय प्रतियोगितामा समुह प्रथम हुने/नहुने त्यो खेलाडीमा निर्भर हुनेछ । भोली प्रतियोगिता समापन हुनेछ ।
    २०७५ फागुन ९ गते राती ९ : १७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology