• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपा परित्याग गर्नेको लर्को

नेकपा परित्याग गर्नेको लर्को


चिसाङ शेर्पा
  • बुधबार, माघ २३ २०७५

  • पार्टी प्रवेश गराउदै संघीय समाजबादी फोरमका केन्द्रिय सदस्य डा. केके राई । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    चार दिन अगाडी खोटाङ नेकपाका युवा उद्यमी कांग्रेसमा प्रवेश गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ हुर्लुङमा मिरमिरे मिनरल वाटर उद्योग सञ्चालन गरिरहेका पुर्व माओबादी निकट शेर्पा मुक्ती मोर्चाका जिल्ला अध्यक्ष फुर्वा शेर्पा गत आईतबार (माघ २०) कांग्रेसमा प्रवेश गरे ।

     

    त्यसअघि दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट नयाँ शक्तिका वडाध्यक्षका उम्मेद्वारसहित सहित झण्डै दुइ दर्जनबढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरे । वर्तमान अवस्थामा नेकपाको काम कारवाहीप्रती असन्तुष्ट र विपक्षी पार्टीको आस्था र विचार मन परेको भन्दै उनीहरुले पार्टी परित्याग गरेको बताएका थिए । पछिल्लो समयमा नेकपालाई कार्यकर्ताले कुन वेला पार्टी परित्याग गर्छन भन्नेमा दुविधा छ । देखिन्छ ?


    यस्तै, बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुर्वगाबिस अध्यक्ष अञ्चल राई संघीय समाजबादी फोरममा प्रवेश गरेका छन् । नेकपामा क्रियासिल राई संघीय समाजबादी फोरममा प्रवेश गरेका हुन् । संघीय समाजबादी फोरमको दिक्तेलस्थित पार्टी कार्यालयमा भएको जिल्ला कमिटिको बैठकमा स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. केके राईले अञ्चललाई पार्टी प्रवेश गराएका छन् ।

     

    २०४९ सालमा तत्कालिन कांग्रेसेबाट गाबिस अध्यक्ष बनेर २०५४ देखी एमालेमा रहेका अञ्चल, पुर्वमाओबादी निकट जनप्रगतिशिल मञ्च बहराईनका पुर्वसंयोजक नगेन्द्रराज चामलीङ र चाम्लिङ खाम्मात्तिम जिल्ला अध्यक्ष तथा पुर्व शिक्षक संघका जिल्ला सदस्य रामधन राई पार्टी प्रवेश गरेको संघीय समाजबादी फोरम खोटाङका कोषाध्यक्ष निर्मल राईले बताए ।

    पुर्वगाबिस अध्यक्ष अञ्चल राई २०४९ सालमा तत्कालिन कांग्रेसेबाट गाबिस अध्यक्ष बनेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

    २०७५ माघ २३ गते राती ८ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology