• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आइजीपी नियुक्ति प्रकरणमा आजबाट अन्तिम सुनुवाई हुने

आइजीपी नियुक्ति प्रकरणमा आजबाट अन्तिम सुनुवाई हुने


समायोजन खबर
  • बिहिबार, चैत्र ३ २०७३

  • ellection

    ३ चैत , काठमाडौं । सरकारको नियर्णय विरुद्ध अदालतमा पुगेको आइजीपी नियुक्ति प्रकरणमा आजबाट अन्तिम सुनुवाइ सुरु हुँदैछ ।

    फागुन १ गते मन्त्रीपरिषदको वैठकले जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरे पनि अदालतले अन्तरिम आदेश दिँदै रोकेको थियो ।
    प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आइजीपी नियुक्ति यथास्थानमा राख्न दिएको अन्तरिम आदेशलाई गत फागुन १८ गतेको निरन्तरता दिएको थियो ।
    जयबहादुर चन्दलाई आइजीपी बनाउनुको लिखित कारण माग गरे पनि सरका्ले पेश नगरे पछि अन्तरिम आदेशले निरन्तरता पाएको थियो ।
    पछिल्लो आदेश पछि प्रधानमन्त्री प्रचण्डले अदालतलाई लिखित जवाफ पठाइसकेका छन् । प्रधानमन्त्रीको जवाफ पछि अदालतले बिहीबारबाट अन्तिम सुनुवाई सुरु गर्न लागेको हो ।
    अधिवक्ता कपिलदेव ढकाल र डीआइजी नवराज सिलवालले दिएको रिटमा जयबहादुर चन्दलाई आइजीपीमा सदर गर्ने कि नगर्ने भन्ने अन्तिम सुनुवाई हुनेछ ।
    बिहीबार अन्तिम सुनुवाईका लागि न्यायाधीश तेजबहादुर केसी र इश्वरप्रसाद खतिवडाको इजलाशमा मुद्धा पुगेको छ ।
    बिहीबारबाट दुवै पक्षको बहस सुरु हुनेछ । बहस सकिएपछि चन्दलाई आइजीपी कायम गर्ने कि नगर्ने भन्ने टुंगो लाग्नेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology