• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लालीगुराँस नगरपालिकामा नगरबस सन्चालनको तयारी

लालीगुराँस नगरपालिकामा नगरबस सन्चालनको तयारी


समायोजन खबर
  • शनिबार, माघ ५ २०७५

  • सांकेतिक तस्विर ।

    समायोजन खबर तेह्रथुम
    लालीगुराँस नगरपालिकाले एम्बुलेन्स नगर बस सञ्चालनको तयारी गरेको छ । गाउँका नागरिकहरुलाई सेवा दिने उदेश्यका साथ नगरपालिकाले नगरबस सञ्चालनको तयारी गरेको नगर प्रमुख अर्जनु माबोहाङले बताउनुभयो । उहाँका अनुसार ग्रामिण क्षेत्रका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै पहिलो पटक नगर बस सञ्चालनकालागि आवश्यक काम भईरहेको छ ।

     

    बस सञ्चालनले यातायातको सुबिधाबाट बञ्चीत रहँदै आएका नगर क्षेत्रका नागरिकहरुलाई यात्रा गर्न सहजतासँगै स्थानीय स्तरमा उत्पादन भएको कृषीजन्य बस्तु बजार पु-याउन समेत सहज मिल्ने भएको नगरपालिकाका प्रवक्ता देबेन्द्र खड्काले बताउनुभयो । नगरपालिकाको आर्थीक बर्ष २०७४/७५ को नगरसभाले ४५ लाख बिनीयोजन सँगै बस सञ्चालनका लागी टेन्डर समेत आब्हान भईसकेकोे नगरपालिकाका प्रबक्ता खड्काले बताउनुभयो । नगरको दाँगपा, फुलेक, मुसङखेल, सुङनाम सोल्माका दुर्गम गाउँहरुमा नगरबसले सेवा दिने भएको हो ।
    २०७५ माघ ५ गते दिउँसो ४ : १८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology