• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समता स्कुलका कारण बालबच्चामा खुशी छायो

समता स्कुलका कारण बालबच्चामा खुशी छायो

अभिभावकको रोजाइमा समता स्कुल


चिसाङ शेर्पा
  • शनिबार, माघ ५ २०७५

  • सांकेतिक तस्विर ।

    चिसाङ शेर्पा खोटाङ,
    सानोमा आफैले पनि अंग्रेजी माध्यमबाट विद्धालयमा पढ्न पाएको भए अर्कै हुन्थे होला । त्यो बेला यसरी पढ्न पाइएन । यि बालबच्चाको भविष्य बनाउनमा लागि परिरहेका छौ । समता स्कुल दिक्तेलका प्रधानाध्यापक सनिता राईले आफ्नो दुखेसो पोखिन् । बुवा जुन विद्धालयमा पढ्नु भो हामी पनि त्यही विद्धालयमा नेपाली माध्यमबाट पढेर यहाँ आइपुगेका हौ । त्यो बेला प्रशस्त अंग्रेजी माध्यमका विद्धालय थिएनन् र, नेपाली माध्यममा नै पढ्नुपर्ने बाध्यता थियो अहिले रोजेर पढ्न पाइन्छ । थोरै पैसामा प्रभावकारी पढाइ हुने धेरै विद्धालयमध्ये यो पनि एउटा हो । समताको वारेमा उनले खुलेर प्रशंसा गरिन् ।


    पक्की घर, तलमाथि कोठैकोठा अनि स–साना बालबच्चाको तिखो आवाज अनि ति बालबच्चालाई पढाइ रहेका शिक्षिकाहरु भएको त्यो ठाउँ हो सय रुपैयाँमा अंग्रेजी माध्यमबाट पढाउन सकिने ‘समता स्कुल’ दिक्तेलबजारको जिल्ला प्रहरी कार्यालय अगाडी रहेको स्कुलमा सनिताजस्तै अन्य एघार जना शिक्षिकाहरु बिहान दश वजेदेखी दिउँसो चार बजेसम्म बालबच्चालाई पारिवारिक वातावरणमा पढाउदै उनीहरुकै रेखदेखमा व्यस्त हुन्छन् । प्रत्येक मिनेट मिनेटको ख्याल गर्दै पढाइरहेका हुन्छन् अनि पढाइसँगै मानवीय संस्कारहरु पनि सिकाइरहेका हुन्छन् । हामी यहाँ किताब घोकाएर मात्रै पढाउदैनौ, खुशी बनाएर फकाउदै उनीहरुले चाहे जसरी पढाउँछौ उनले थपिन्, ‘कोही पढ्न गारो मानेर रुन्छन्, हामी उनीहरुलाई काँधमा बोेकेर आमाले झै फकाएर पारिवारिक वातावरणमा पढ्न लगाउँछौ मूलतः बालबच्चाहरु मानसिक रुपले पढ्न आफै तयार हुन्छन् ।’

     

    दिक्तेलमा चुनौतीको रुपमा उभिएको समताले भने कम पैसामा, गुणस्तरीय शिक्षा दिने गरेको शिक्षिकाहरु बताउँछन् । गुणस्तरीय शिक्षा दिएको हामीले मात्रै भनेका हैनौ हामीसँग बालबच्चाका अभिभावक खुशी हुनुहुन्छ । कतीले त बोर्डिङभन्दा यहाँको पढाइले बालबच्चामा निकै सुधार आएको बताउनुभएको छ । लेखा प्रमुख मन्जु श्रेष्ठले भन्नुभयो, सय रुपैयाँमा कस्ता शिक्षा देलान भन्ने धेरैमा दुविधा थियो । कतीले मजाक उडाए । तर, हामी खटिरहैं आज यसको प्रतिफल आउन थालेको छ । अभिभावक यतै झुम्मिन थालेको छ त्यही नै हाम्रो प्रतिफल हो । त्यही बार्डिङमा धेरै पैसा तिर्दा राम्रो पढाइ हुन्छ अनि यहाँ सय रुपैयाँमा प्रभावकारी पढाइ हुन्न भनेर सोच्नु मुर्खता हो । प्रवेशिका परिक्षा उतिर्ण अथवा १२ कक्षा पास गरेकाले नै हैन त्यहाँ पनि पढाउने ? उनले प्रश्न गरिन, यहाँ त १२ पास गरेका केही र अन्य सवै त्यो भन्दा उच्च शिक्षा हासिल गरेका शिक्षिकाहरु हुनुहुन्छ अब सोच्नुस कस्तो पढाइ हुन्छ ? बालबच्चा लिन आउने अभिभावकबाट बुझनुहोस ?


    समता स्कुल निजी विद्धालयका लागि टाउको दुखाइ भए पनि दुखी गरीवका लागि कोसेढुंगा सावित भएको शिक्षिका तथा अभिभावक बताउँछन् । बोर्डिङ पढ्ने सपना समताले पूरा गरिदिएको छ । गरिवको छोराछोरी पनि बोर्डिङ सरह पढ्न पाएका छन् । समतामा गरिवका पनि अति गरिवका छोराछोरी पढिरहेको छ । प्रधानाध्यापक राईले भनिन्, यहाँ पढ्ने कतीको विधार्थीको आमाबुवाले पोशाकसम्म किन्न सक्ने स्थितीका छैन । कोहीका आमा लुगा धुने काम गर्छन, कसैका ढलानका काम गर्छन, कोही सिस्नु, निङग्रो टिपेर आएको पैसाले छोराछोरीलाई पढाइरहेका छन् । बोली नलाग्ने आफ्नो छोरालाई समतामा भर्ना गरेपछि अहिले मनग्गे बोली लाग्ने,‘ए’ देखी जेटसम्म पढ्न/लेख्न जान्ने हुंदा आफूलाई सन्तोष मिलको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी सोनिया विकले बताइन् । माउण्ट एभरेष्ट बोर्डिङ स्कुल, झापाका बोर्डिङपछि पुनः समतामा पढाउदा झनै राम्रो भएको सोही नगरपालिका ५ लफ्याङकी अस्मिता मोतेले सुनाइन् । समता स्कुल लगाएपछि आफूले नभने पनि छोरी आफैले गृहकार्य गर्ने, पढ्ने गरेको खार्मीका बबिता तामाङले बताइन् । एक जनालाई बोर्डिङमा लगाएको छु तर, बोर्डिङ र समताको पढाइ उस्तै छ । गृहकार्य उस्तै ।


    सुरुवातमा एक हजार रुपैयाँ (शैक्षिक क्यालेण्डर, परिचय पत्र र बैशाख महिनाको शुल्क)मा भर्ना गरेपछि महिनाको सय रुपैयाँमा बोर्डिङ सिस्टममा पढाउन पाउँदा खुशी लागेको अभिभावकहरु बताउँछन् । भर्ना शुल्क बाहेक बर्षमा २ हजार ४ सय लिएर समताले पढाइरहेको छ । बर्षमा हुने ६ पटकको परिक्षा बाह्र सय र वर्षभरीको एक–एक सय शुल्कमा बालबच्चा पढाइरहेको समतामा नर्सरीमा ९४ जना, एलकेजीमा ४७ जना, यूकेजीमा ४९ जना र कक्षा १ मा ३१ जना बालबालिका अध्ययन गरिरहेका छन् । यस्तै, नर्सरीमा २५० र एलकेजीमा ३ सयमा बर्षभरीका लागि इरेजर, सिसाकलम र कटर दिइरहेको छ । समतामा लफ्याङ, खाल्ले, सोल्मा, आचार्यटोल, बाम्राङ, खार्मी, पाथेका लगायतका बालबालिका अध्ययन गरिरहेका छन् ।
    २०७५ माघ ५ गते बिहान ९ : ५३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology