• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सात जना फरार अभियुक्त पक्राउ

सात जना फरार अभियुक्त पक्राउ


समायोजन खबर
  • बिहिबार, पौस १२ २०७५

  • साँकेतिक तस्विर

    समायोजन खबर तेह्रथुम,
    तेह्रथुममा अपराधिक गतिविधीमा संलग्न रहेका फरार सात जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । अदालतले दोषी ठहर गरेको अभियुक्तलाई प्रहरीले फरक फरक ठाउँबाट पक्राउ गरी अलदातमा पेश गरेको छ । अदालतबाट चोरी मुद्धामा कैद सहित जरिवाना सुनाएको आठराई गाउ“पालिकाका जयनारायण चौलागाइ, फेदाप गाउपालिका ३९ वर्षका भिम बहादुर कार्र्कीलाई पक्राउ गरेको छ ।

     

    त्यस्तै कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएका आठराई गाउपालिकाका डबल घिसिङ ,जबरजस्ती करणी मुद्धाका अभियुक्त लालिगुरास नगरपालिकाका शंकर थापा ,भ्रष्टचार मुद्दाका अभियुक्त छथर गाउपालिका देबेन्द्र कार्कीलाई अदालतमा पेश गरी कारागार चलान गरेको प्रहरी नायव उपरीक्ष्ँक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै फेदाप गाउपालिकाका रोशन तामाङ घिसिङ ,सवारी ज्यान मुद्दाका आठराई गाउपालिकाका विशाल विश्वकर्मा लाई पनि पक्राउ गरी अदालत समक्ष्ँ पेश गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्त अदालतको फैसला पछि फरार रहेको प्रहरीको भनाई छ ।
    २०७५ पुस १२ गते राती ८ : ०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology