• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोलीबाट गायन प्रतियोगिता ‘हलेसी’–साईनो स्टार

भोलीबाट गायन प्रतियोगिता ‘हलेसी’–साईनो स्टार


चिसाङ शेर्पा
  • आइतबार, पौस ८ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    सांगितिक प्रतियोगिता ‘हलेसी’– साईनो स्टार २०७५’ भोलीबाट हुने भएको छ । जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर बिश्वसामू पु-याउने उद्देश्यले बृहत एकल सांगीतिक प्रतियोगिता हलेसी–साईनो स्टार सञ्चालन हुने भएको हो ।

     

    हलेसी टाईम्स दैनिक पत्रिका र साईनो कला केन्द्र दिक्तेलको संयुक्त आयोजनामा पुस ९ गतेबाट दुई नगरपालिका, आठ गाउँपालिकामा ‘हलेसी’–साईनो स्टार’ सुरुवात हुने हलेसी–साईनो स्टारका संयोजक प्रमोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार पुस ९ गते साकेला गाउँपालिकामा पहिलो चरणको पहिलो अडिसन हुनेछ । साकेलामा जनविकास मञ्च खिदीमा सह आयोजकको रहेको छ ।

     

    यस्तै, पुस १० गते दिपु्रङ चुईचुम्मा गाउँपालिका, पुस १२ गते खोटेहाङ गाउँपालिका, पुस १४ गते जन्तेढुंगा गाउँपालिका, पुस १६ गते वराहपोखरी गाउँपालिका, पुस २० गते हलेसी तुवाचुङ नगरपालिका, पुस २१ गते रावाबेंशी गाउँपालिका, पुस २२ गते ऐसेलुखर्क गाउँपालिका, पुस २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र पुस २६ गते केपीलासगढी गाउँपालिकामा पहिलो चरणको अडिसन हुनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हकमा बुईपा र दिक्तेलमा अडिसन हुनेछ । पालिकास्तरीय अडिसनमा जिल्लाका गायन क्षेत्रमा बिज्ञहरु निर्णायकमा रहनेछ ।

     

    गाउँपालिका स्तरीय अडिसनपछि जिल्ला स्तरीय अडिसन, जिल्ला स्तरीय दोश्रो, तेश्रो, चौथो, पाचौं, छैटौं तथा सातौ अडिसनसँगै प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितियले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् ।
    २०७५ पुस ८ गते साँझ ७ : ४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology