• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै


समायोजन खबर
  • शनिबार, पौस ७ २०७५

  • फाईल तस्विर ।

    समायोजन खबर काठमाण्डौ,
    सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदुई खेल हुँदैछ । हल्चोक स्थित एपिएफको मैदानमा हुने आजको पहिलो खेलमा थ्रीस्टार र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । बिहान ११ बजे सुरु हुने खेल थ्रीस्टारका लागि महत्वपूर्ण मानिएको छ । अघिल्लो खेलमा विभागीय टिम आर्मीसँग बराबरी खेल्दै अंक बाँड्नु परेपछि थ्री स्टार उपाधि होडमा पछाडी परेको थियो ।थ्रीस्टार शीर्ष स्थानको मनाङ भन्दा ५ अंकले पछाडी छ । मनाङ २७ अंक सहित शीर्ष स्थानमा रहँदा थ्रीस्टारको २२ अंक छ ।

     

    यता, लिगमा राम्रा खेलाडी अनुबन्धन गरेर नतिजा निकाल्न नसकेको च्यासललाई समेत अंक तालिकामा आजको खेलबाट सुधार गर्ने अवसर छ । च्यासल १३ अंक सहित तालिकाको सातौं स्थानमा छ । यस्तै आज हुने दोस्रो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो साढे २ बजेबाट सुरु हुने खेलमा उपाधि होडमा मनाङलाई चुनौती दिन सक्ने एक्लो टोली बनेको संकटालाई शीर्ष स्थानको क्लबसंग अंक बराबरी गर्ने अवसर छ ।तालिकाको पुछार तिर रहेको ब्रिगेडलाई हराउँदै उपाधि यात्रामा बलियो बन्ने लक्ष्य संकटालाई छ । संकटा २४ अंक सहित तालिकाको दोस्रो स्थानमा रहदाँ ब्रिगेड ५ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।
    २०७५ पुस ७ गते बिहान ९ :४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology