• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रमिलाको उपचार हुंदै, क्रमिक रुपमा सुुधार

रमिलाको उपचार हुंदै, क्रमिक रुपमा सुुधार


चिसाङ शेर्पा
  • शनिबार, पौस ७ २०७५

  • पुस ३ गते रमिलालाई उद्धार गरिदाका तस्विरहरु

    चिसाङ शेर्पा खोटाङ,
    मानसिक सन्तुलन गुमाएकी छितापोखरीकी रमिला तामाङको काठमाण्डौमा उपचार भईरहेको छ । बिगत दुई वर्षदेखी मानसिक रोगकी शिकार बनेकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाकी स्थानीय ३३ वर्षीया तामाङले गाउँपालिकाको आर्थिक सहयोगमा उपचार गराईरहेकी हुन् ।

     

    चारैतिर जाली र काठको कोठा बनाई दिशापिसाब एकै ठाउँमा गर्नेगरी बन्धक बनाएको उनको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गत मंगलबार (पुस ३) दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईको नेतृत्वमा उद्धारगरी गाउँपालिकाले १० हजार आर्थिक सहयोग गरेर सोही दिन थप उपचारका लागि राजधानी पठाइएको रमिलाको मानसिक अस्पताल पाटनमा उपचार भईरहेको उनका श्रीमान मनिकुमार तामाङले जानकारी दिए ।

     

    बेड अभावका कारण चिकित्सकको चेकजाँचपछि औषधी सेवन गर्दै आएकी रमिलालाई शुक्रबारदेखी बेड भर्ना गरी नियमित चिकित्सकको निगरानीमा राखिएको छ । कराउने, चिच्याउने तथा अपशब्द प्रयोग गर्ने समस्या क्रमिक रुपमा सुधार हुदैं आएको छ । मानसिक चिन्ता धेरै भएकाले रमिलाको टाउकोमा केही समस्या देखिएको चिकित्सकलाई उद्धृत गर्दै उनका श्रीमानले बताएका छन् । नियमित औषधी खाएमा उक्त समस्या हल भएर जाने चिकित्सकले बताएका छन् । उनको उपचारका लागि हालसम्म गाउँपालिकाले २५ हजार आर्थिक सहयोग गरिसकेको छ ।
    २०७५ पुस ७ गते बिहान ९ : ०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology