• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र र एनआरटीको जित

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र र एनआरटीको जित


समायोजन खबर
  • शुक्रबार, पौस ६ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर काठमाण्डौ,
    मछिन्द्र क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७५ मा पहिलो जित हात पारेको छ । लिगको नवौँ चरणमा पुगेर गोलको खाता खोलेको मछिन्द्रले १०औँ चरणमा जित हात पारेको हो । आज एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मछिन्द्रले सरस्ती युथ क्लबलाई ४–२ ले पराजित गरेको हो । पहिलो जितपछि १० खेलबाट ६ अङ्क जोडेको मछिन्द्र अङ्कतालिकामा ११औँ स्थानमा उक्लेको छ । सरस्वती भने सिजनको छैटौँ हारपछि १० अङ्कसहित नवौँ स्थानमा छ ।

     

    आजै भएको अर्को खेलमा न्यूरोड टिम एनआरटीले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । हल्चोकस्थित एपीएफ मैदानमा एनआरटीलाई जित दिलाउन इस्माइ यौबुए र सुशील लामाले एक एक गोल गर्नुभयो । जावलाखेल ८ अङ्क जोड्दै दशौँ स्थानमा छ । एनआरटीले १० खेलबाट ४ अङ्क जोड्दै लिगको पुछारमा छ । लिग अन्र्तगत आजै भएको तस्रो खेलमा फुटबलमा फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लवलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसंगै फ्रेन्ड्सले १० खेलबाट ८ अंक जोड्दै लिगको ११ औं स्थानमा उक्लिएको छ । पराजित हिमालयन १४ अङ्क जोडेर लिगको छैटौं स्थानमा छ ।
    २०७५ पुस ६ गते साँझ ५ : ५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology