• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा पहिलो पटक स्कुल बस

खोटाङमा पहिलो पटक स्कुल बस


चिसाङ शेर्पा
  • शुक्रबार, पौस ६ २०७५

  • हिलसाईड स्याम्पल एकेडेमी बोर्डिङ स्कुलले दिक्तेलमा ल्याएको बस ।

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको हिलसाईड स्याम्पल एकेडेमी बोर्डिङ स्कुलले पहिलोपल्ट स्कुल बस भित्र्याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा अल्छेढुंगामा रहेको बोर्डिङले जिल्लाको हकमा सबैभन्दा पहिलो पटक स्कुल बस भित्र्याएको हो ।

     

    २०६७ सालमा स्थापना भएको बोर्डिङलाई भारतीय राजदुतावास लैनचौरले २०७५ भदौ १ गते हस्तान्तरण गरेको स्कुल बस केही समयअघि दिक्तेलमा ल्याईएको छ । निश्चित प्रक्रिया तोकेर नेपाल अधिराज्यभरका लागि यसवर्ष दुतावासले दिएको पाँचवटा बस मध्ये आवश्यक कागजात पेश गरेर विद्धालयले स्कुल बस ल्याएको विद्धालय व्यवस्थापन समितिका अध्यक्ष जलसेर राईले जानकारी दिए । हाल बोर्डिङको प्राङगणमा राखिएको स्कुल बस आगामी माघ १ गतेबाट सञ्चालनमा ल्याइने छ ।

    विधार्थीहरुको समस्यालाई ध्यान दिंदै माघबाट अल्छेढुंगा–दोर्पा र अल्छेढुंगा–हुर्लुङसम्म बस सञ्चालन गरिनेछ । हाल उक्त बोर्डिङ स्कुलमा कक्षा १ देखी १० कक्षासम्म अध्ययन/अध्यापन भईरहेको छ । बोर्डिङमा २ सय ६८ वढी विधार्थी छन् । हालसम्म खोटाङमा ४ वटा मावि तह, २१ वटा प्रावि तह र ४ वटा आधारभूत बोर्डिङ गरी २९ वटा बोर्डिङ स्कुल रहेको छ ।
    २०७५ पुस ६ गते साँझ ५ : ३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology