• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जीबनमा एकै पटक विद्धालय जान पाईन

जीबनमा एकै पटक विद्धालय जान पाईन


समायोजन खबर
  • बुधबार, पौस ४ २०७५

  • कर्ण वहादुर कट्वाल

    चिसाङ शेर्पा खोटाङ,
    दिमागमा नानाथरीका कुराहरु र्फुछ तर के गर्ने लेख्न सक्दिन । यो पनि अरुलाई भन्दा भन्दा बल्ल लेखिदिए । कथा कविता, गीत भन्न/गुनगुनाउन आउँछ तर, अनपढ छु लेख्न सक्दिन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ७८ वर्षीय कर्ण वहादुर कट्वालले एउटा थोत्रो कागजमा लेखिएको आफ्नो कविता दिंदै मनमा गुम्सिएको पिडा सुनाए ।


    जीबनमा एकैपटक विद्धालयको मुख नदेखेका लफ्याङ काफ्ले गाउँका ७८ वर्षीय कट्वालले पढ्न नपाएको पीडा आजभोली बखान गर्दै हिड्ने गरेका छन् । घरमा धेरै भाई भएकाले पढ्न पाईन । गोठाला, खेताला जानुपर्ने कहाँ पढ्न पाउनु ? दिक्तेलस्थित स्थानीय हेलिप्याडमा भेटिएका उनले त्यो बेलाको पीडा सम्झदै भने, “अहिलेका छोराछोरीलाई त सुख छ । पढ्न लेख्न पाएका छन् । त्यती भएपछि अरु के चाहिन्छ र ? सबै संसार देखाउने बुझाउने नै पढाई त हो ।”


    १९९८ साल कार्तिक १३ गते शुक्रबार लफ्याङमा जन्मिएका उनले जीबनमा सबैभन्दा धेरै दुख गरेको नै पढ्नु हो । तर, त्यो संम्भव थिएन÷भएन । नपढे पनि उनी धेरै तार्किक र बौद्धिक कुराहरु गर्छन् । नेपालको २५ भन्दा बढी देवस्थलको दर्शन गरेका उनले त्यस स्थानको गीति शैलीमा ब्याख्या र वर्णन गर्छन् ।
    दुधकोशी तरी, सुनकोशी तरी, त्रिशुली तरियो
    मुक्तिनाथ गई १०८ धारा नुहाइ दर्शन गरियो ।
    तातोपानी रंगीनको शिरमा, दर्शन गर्न अप्ठयारो छ भीरमा

    माथि उल्लेखित वाक्यांशहरु बनाउनमा उनी माहिर छन् । पढ्न पाईन तर, दिमागमा जल्दाबल्दा समस्याहरुको बारेमा कविता आउँछ, गीत बनाउँन आउँछ लेख्न सक्दिन कसले लेखिदिने ? उनले प्रश्न गरे । लेख्ने नै हो भने मेरो अहिलेसम्म २८/२९ वटा कविता बनिसक्थ्यो । ११ वर्षको हुंदा मागी विवाह गरेका उनले अहिले भने आफ्ना ५ छोरी ३ छोरालाई राम्रो शिक्षा दिएका छन् । आफूले पढ्न नपाए पनि छोराछोरी पढेकामा उनी निकै खुशी छन् ।


    २०७२ साल बैशाख १२ गते गएको महाभुकम्पलाई सम्झेर उनी आज पनि दुखी हुन्छन् । त्यो वेला कुन ब्यक्ति दुखी थिएन होला । उनले भने, ‘म बुढो त दुखी थिए ।’ अरु थिएन होला त ? त्यो वेला मैले देखेको मेरो नेपाल र नेपालीको दुःख आज कवितामा पोख्दैछु ।
    उनले हाम्रो हातमा थमाएको कविता तल प्रस्तुत छ ।
    २०७२ साल बैशाखको १२ गते शनिबारका दिनमा
    भुकम्पले सर्वस्व क्षति ग¥र्यो एकै छिनमा ।
    उद्धार गर आर्मी र पुलिस, भुकम्पले बनायो बिनास
    कती लाश उद्धार भए । कती लाश कुहिए
    त्यो देखेर सारा संसार छाती पिटि रोए ।
    उद्धार गर आर्मी र पुलिस, भुकम्पले बनायो बिनास
    कती घर पुरे/भत्के, कती घर चर्के
    बिदेश जाने युवाहरु रुदैं घर फर्के ।
    उद्धार गर आर्मी र पुलिस, भुकम्पले बनायो बिनास
    बिदेशीले सहयोग ग¥यो र हामीले पायौं
    दाजुभाई दिदीबहिनी बाडीचुंडी खायौ ।
    उद्धार गर आर्मी र पुलिस, भुकम्पले बनायो बिनास
    पानी परो सबैमाथी आयो रुघाखोकी
    यस्तो दिन फेरी फेरी दोहोरिने पो होकी ।
    इश्वरलाई पुकारौं सबजना, यस्तो दिन नआवस भगवान

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology