समायोजन खबर खोटाङ,
खोटाङमा जन्ती जाँदा बेपत्ता भएका एकजना बृद्ध मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई मृत फेला परेका छन् । मंसिर २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालि–७ देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका राई शनिबार मृत फेला परेका हुन् ।
मंसिर २६ गते बिहानदेखि सम्पर्क बिहिन भएपछि खोजीकाक्रममा राईको शव शनिबार दुम्लीकै च्याङ्सी खोलामा फेला परेको हो । तेश्रो साना सहरी खानेपानी आयोजना दिक्तेलका अध्यक्ष रहेका राईको शव सडकभन्दा ५० मिटर माथि खोल्सीमा फेला परेको स्थानीय एबं नगर कार्यपालिका सदस्य गंगाबहादुर बिश्वकर्माले जानकारी दिए ।
रातका समयमा राँको बालेर हिँड्नेक्रममा राईको भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ । मंसिर २५ गते राती २ बजे सुतेका राई भोलीपल्ट बिहान ओछ्यानमा नभेटिएपछि खोजीको काम तिब्र पारिएको थियो ।
२०७५ पुस १ गते मध्यान्ह १ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology