• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

विश्व फुटबलको वरियतामा नेपाल १ सय ६२ औँ स्थानमा

विश्व फुटबलको वरियतामा नेपाल १ सय ६२ औँ स्थानमा


समायोजन खबर
  • बिहिबार, मंसिर १३ २०७५

  • फाईल तस्विर ।

    समायोजन खबर खोटाङ,
    विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ६२ औँ स्थानमा पुगेको छ । गत महिना नेपाल १ सय ६१ औँ स्थानमा रहेको थियो । फिफाले निकालेको नयाँ वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ ।

     

    नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत ९७ औँ स्थानमा यथावत छ भने एक स्थान नै झरेको माल्दिभ्स १ सय ५२ औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । भुटान दुई स्थान उक्लदै १ सय ८६ औं, दुई स्थान सुधार गरेको बंगलादेश १ सय ९२ औँ, पाकिस्तान १ सय ९९ औँ र श्रीलंका २ सय १ औँ स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, ब्राजिल तेस्रोमा, चौथोमा क्रोएसिया र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।
    २०७५ मंसिर १३ गते सााँझ ७:२० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology