• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ज्यान मार्ने उधोगको मुद्दामा फरार अभियुक्त जेल चलान

ज्यान मार्ने उधोगको मुद्दामा फरार अभियुक्त जेल चलान


चिसाङ शेर्पा
  • मंगलबार, मंसिर ११ २०७५

  • साँकेतिक तस्विर

    चिसाङ शेर्पा खोटाङ,
    ज्यान मार्ने उधोगको मुद्दामा फरार रहेका अभियुक्त चार वर्षपछि जेल चलान भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाका प्रभाकार राई मंगलबार जेल चलान भएका छन् ।

     

    जिल्ला अदालत खोटाङबाट २०७१ पुस ८ गते फैसला भई ५ हजार १ सय जरिवाना, ३ वर्ष ११ महिना ३ दिन कैद फैसला सुनाइएका अभियुक्त लामो समय फरार रहेका थिए । लुकीछिपी भक्तपुरको सानोठिमी बस्दै आएका उनलाई गत आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कट्वालले जानकारी दिए ।

     

    आईतबार पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याई आज जिल्ला अदालतमा पेशगरी फरार अभियुक्तलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
    २०७५ मंसिर ११ गते राती ८ः०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology