समायोजन खबर खोटाङ,
आफ्ना विधार्थी शम्भुुकुमार खड्काको निधनमा दिक्तेल बहुमुखी क्याम्पसले श्रद्धाञ्जलीसभा गरेको छ । मानबिकी तथा सामाजिक शास्त्र संकायतर्फ एमए समाजशास्त्र दोश्रो सेमेष्टरका बिद्यार्थी रहेका खड्काको निधनमा क्याम्पसले आईतबार बिहान श्रद्धाञ्जलीसभा गरेको हो ।
मुटुमा समस्या देखिएपछि केएमसी अस्पतालमा पु¥याइएका खड्काको उपचारकोक्रममा कात्तिक ३० गते राती निधन भएको आफन्तले बताएका छन् । खड्काको निधनमा क्याम्पस प्रमुख हिराकुमार राई, प्राध्यापक रामप्रसाद राई लगायतले दुःख व्यक्त गरेका छन् । क्याम्पसका प्राध्यापक तथा बिद्यार्थीले खड्काको तस्बिरमा अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनी एमए समाजशास्त्र दोश्रो सेमेष्टरका अशल, इमान्दार र मिलनसार बिद्यार्थी थिए । खड्काको निधनमा एमए समाजशास्त्र दोश्रो सेमेष्टरका सहकर्मीले पनि दुःख व्यक्त गरिरहेका छन् । २०४० साल बैसाख १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–१५ बिजयखर्क मालामा जन्मिएर लोकसेवा आयोगको कार्यालय खोटाङमा कार्यरत नासु खड्का ईमान्दार राष्ट्र सेवककारुपमा पुरस्कृत कर्मचारी पनि हुन् । उनका २ छोरी र १ छोरा छन् ।
माथी तस्विरमा : शम्भुकुमार खड्को तस्बिरमा अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गर्दै क्याम्पस प्रमुख हिराकुमार राई । २०७५ मंसिर २ गते दिउँसो २ : २६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology