• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरी र ऐसेलुखर्क गाउँपालिकाविच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सम्झौता

प्रहरी र ऐसेलुखर्क गाउँपालिकाविच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सम्झौता


चिसाङ शेर्पा
  • मंगलबार, कार्तिक २७ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा खोटाङ,
    जिल्ला प्रहरी कार्यालय खोटाङ र ऐसेलखर्क गाउँपालिकाविच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सम्झौता भएको छ । गाउँपालिकाभित्र शान्ती सुरक्षा कायम गर्ने र अपराध रहित समाजको निर्माण गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।

     

    नेपाल सरकारले तय गरेको कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालयमा मंगलबार गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला र जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै केही समयबाट प्रभावकारी र रचनात्मक ढंगले धमाधम ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम गरिने डिएसपी केसीले जानकारी दिए ।

     

    यसअघि प्रहरीले हलेसी तुवाचुङ नगरपालिकासँग सोही कार्यक्रम सम्झौता गरिसकेको छ । क्रमशः अन्य ८ वटा स्थानीय तहमा पनि कार्यक्रम सम्झौता हुनेछ । कार्यक्रममा स्थानीय तह र प्रहरीले हातेमालो गर्दै विद्धालय, वडा, टोल टोलमा, लैगिक हिंसा, लागुपदार्थ दुव्र्यसनी, साइबर अपराध लगायतका विषयमा सचेतनामूलक कार्यक्रम गर्नेछ ।
    २०७५ कार्तिक २७ गते साँझ ७  : ४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology