समायोजन खबर खोटाङ,
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर धुमधामको सँग मनाइदैछ । चार दिनसम्म मनाउने यो पर्व आस्था, निष्ठा एवम समाजिक सदभावको रुपमा परिचित रहेको छ । घरघरमा शुद्ध एवम् चोखो भएर सख्खर (मिठा)ले तयार पारिएको ठेकुवा, भुसुवा, उखु, केरा, नरिवललगायतका पूजासामग्रीसहित नजिकै रहेको जलाशयमा गई साँझमा अस्ताउँदो सूर्यलाई अर्घ् दिने परम्परा छ ।
छठपर्व मनाउनेहरुले स्थानीय इनार, पोखरी, नदी, ताल तलैया जलाशयको घाटलाई आकर्षक एवम् झकिझकाउ बनाएका छन् । मिथिलाञ्चलको घर, पसल र सार्वजनिक थलोमा छठ छठको लोक गीत गुञ्जि रहेको छ । दिपावलीको दिनदेखि छठ गीत बजाउने क्रम पनि बढेको छ । तिहार र छठमा प्रयोग हुने सामग्रीमा समानताका कारणले दुवै पर्वको तयारी लगभग सँगसँगै सुरु भइसक्छ ।
२०७५ कार्तिक २७ गते बिहान ९ : ४१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology