• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसका तीन नेता खोटाङ आउने

कांग्रेसका तीन नेता खोटाङ आउने


समायोजन खबर
  • शनिबार, कार्तिक १० २०७५

  • समायोजन खबर खोटाङ,
    नेपाली कांग्रेसका तीनजना नेता खोटाङ आउने भएका छन् । खुला भलिवल प्रतियोगिताको अन्तिम दिन शालिक अनावरण कार्यक्रमका लागि नेपाली कांग्रेसका नेता तथा केन्द्रिय महामन्त्री डाक्टर शंसाक कोईराला, कांग्रेस केन्द्रिय प्रवक्ता विश्वप्रकास शर्मा, नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत लगायतका नेताहरु खोटाङ आउने भएका हुन् ।

    कांग्रेसको भातृ संगठन नेपाल तरुण दल खोटाङ र नेपाली कांग्रेस जन्तेढुंङगा गाउँपालिका कार्य समितिको आयोजनामा आजदेखि आगामी मंगलबारसम्म हुने खुला पुरुष भलिवल प्रतियोगिता समापनसँगै जननायक विश्वेश्वर प्रसाद कोईरालाको शालिक अनावरणका लागि कांग्रेसका केन्द्रिय नेताहरु आगामी मंगलबार जन्तेढुंङगा गाउँपालिकाको चिसापानी बजारमा आउने भएको आयोजकले जनाएको छ ।

    चिसापानी बजारको बीचभागमा वीपीको नयाँ शालिक निर्माण गरिएको छ । उक्त स्थानमा वीपीको शालिक २०५४ सालमा स्वर्गीय गिरिजाप्रसाद कोईरालाले अनावरण गरेका थिए । वीपीको शालिक सशस्त्र द्धन्दको समयमा तत्कालिन बिद्रोही समूह खम्बुवानले ०५८ सालमा भत्काईदिएको थियो । वीपीको शालिक भत्काईएको लामो समयपछि कांग्रेसले पूनः शालिक निर्माण गरेर अनावरण गर्न लागेको हो ।
    ०७५ कार्तिक १० बिहान ९  :४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology