चिसाङ शेर्पा खोटाङ,
जिल्लाको उत्तरी क्षेत्र बाक्सिलामा बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशाला निर्माण हुने भएको छ । केपीलासगढी गाउँपालिका–४ बाक्सिला जरङ्खामा करीव तीस रोपनी क्षेत्रफलमा रंगशाला निर्माण हुने भएको छ ।
स्थानीय स्तरका खेलाडीहरुलाई राष्ट्रिय/अन्तर्राष्टिय स्तरमा खेल्नका लागि उत्पादन गर्न, व्यापार व्यावसाय तथा पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले आगामी दिनमा स्थापना हुने रंगशालाको बुधबार खोटाङका प्रदेशसभा सदस्य राजन राईले शिलन्यास गरेका छन् । बाक्सिला जरङ्खाका ६ जना स्थानीयले उपलब्ध गराएको जग्गामा रंगशालाको शिलन्यास गरिएको केपीलासगढी गाउँपालिका प्रमुख कृष्ण कुमार राईले जानकारी दिए ।
रंगशाला निर्माणका लागि बाक्सिला जरङ्खाका डिक बहादुर गुरुङले डेढ रोपनी, नारायण गुरुङले ११ रोपनी, गंगा वहादुर गुरुङले ४ रोपनी, धनकुमारी गुरुङले ३ रोपनी, मन कुमार गुरुङले ७ आना र भुपाल गुरुङले २ रोपनी जग्गा निःशुल्क दान गरेका छन् । शिलन्यास गरिएको रंगशाला निर्माणका लागि यसवर्ष प्रदेश सभासद कोषवाट ३५ लाख बजेट बिनियोजन भएको र यहि वर्ष ३५ लाखको काम गरिने छ ।
अत्याधुनिक स्तरमा निर्माण हुने रंगशाला निर्माणका लागि सवै निकायसँग पहल गर्ने र आगामी वर्षदेखी गाउँपालिकावाट क्रमागत बजेट बिनियोजन गरेर रंगशाला निर्माण गर्दै जाने गाउँपालिका प्रमुख राईले बताए ।
क्याप्सन : रंगशाला शिलन्यास कार्यक्रममा उपस्थित अतिथीहरु, तस्विर समायोजन खबर, २०७५ कार्तिक ७ राती ८ :२१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology