समायोजन खबर खोटाङ,
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ वाहुनेकुनामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । ५८ जना घाइते भएका छन् । ईटहरीबाट भैरहवाजाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस आज बिहान ५ बजे अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्लाप्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।
बसमा क्षमताभन्दा बढि यात्रु सवार रहेकोले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बसमा सवार पाँचजनाको घटनास्थलमै मृत्यु भएको र सनाखत हुने क्रमजारी रहेको सई शिवराम पन्तले जानकारी दिए । घटनामा परि घाइते भएकामध्ये ४२ जनाको अवस्थागम्भिर रहेको र उनीहरुलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ भने सामान्य घाइते १६ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
२०७५ कार्तिक ४ बिहान ९ :२१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology