चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा सुमन आचार्यको अध्यक्षतामा १५ सदस्य नेपाल विधार्थी संघ क्याम्पस इकाई समिति गठन गरिएको छ । मंगलबार गठन भएको समितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिवमा राजु राई, सहसचिवमा केशव दाहाल, नविन राई र कोषाध्यक्षमा मेनुकला श्रेष्ठ चयन हुनुभएको विधार्थी नेता नयन्द्र जानकारी दिए ।

नेविसंघ क्याम्पस इकाई समिति पदाधिकारीहरु
यसअघि, गत भदौ ७ गते नेविसंघको जिल्ला कार्य समितिको बैठकले सुमन आचार्यलाई दिक्तेल बहुमुखी क्याम्पसको क्याम्पस इकाई समिति अध्यक्षमा घोषणा गरेको थियो । मंगलबार उनकै अध्यक्षमा अन्य पदाधिकारी पदपूर्ती गरिएको हो । विधार्थी नेता नयन्द्र राई, इन्दिरा दाहाल, तरुण दल नगरसभापती सुचन राई, सचिव विधान थापा र नेविसंघ क्षेत्रिय सचिव युवक राईको उपस्थितीमा समिति गठन गरिएको हो ।
उता, ऐसेलुखर्क गाउँपालिका–१ राखावाङदेलस्थित कालिका वालविकास माविमा राजकुमार तामाङको अध्यक्षतामा २१ सदस्य नेपाल विधार्थी संघको नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा प्रकृती राई, सचिवमा रोजिना वर्देवा, सहसचिव कमला वर्देवा, कोषाध्यष कृष्णाकला राई चयन भएका छन् ।त्यहाँ विधार्थी नेता जयनन्द लामा र राजन भट्टराईको उपस्थितीमा नयाँ समिति गठन भएको हो ।
क्याप्सन : कालिका वालविकास मावि राखावाङदेलमा गठन गरिएका नेविसंघ पदाधिकारीहरु, तस्विर, समायोजन खबर, २०७५ असोज २३ राती ८ : ५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology