• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लिच्कीराम्चे तेश्रो पूर्ण सरसफाई उन्मुख वडा

लिच्कीराम्चे तेश्रो पूर्ण सरसफाई उन्मुख वडा


चिसाङ शेर्पा
  • मंगलबार, असोज २३ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    जिल्लको लिच्कीराम्चे पूर्ण सरसफाई उन्मुख वडा घोषणा भएको छ । ‘पूर्ण सरसफाई उन्मुख गाउँ शहर अब कसैलाई छैन रोगको डर’ भन्ने मुलनाराका साथमा खोटेहाङ गाउँपालिकाको वडा नम्बर ९ लिच्कीराम्चेलाई तेश्रो पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । जनसेवा समाज नेपालद्धारा सन्चालित सवल परियोजनाको प्राविधिक सहयोग, वडा स्तरीय खानेपानी तथा स्वच्छता समन्वय समिति र वडा कार्यालयको आयोजनामा सोमबार खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदिप राईले पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्नु भएको छ ।

     

    वडामा रहेको ६ सय ३२ घरधुरीले सुरक्षित चर्पीको प्रयोग, व्यक्तिगत सरसफाई, सुरक्षित खानेपानी, सुरक्षित खाना खादै आएको, घरायसी तथा संस्थागत सरसफाई र वातावरणीय सरसफाईसहित नेपाल सरकारले निर्धारण गरेको ६ सुचाङ्कहरु पुरा भएपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको लिच्कीराम्चेका वडाध्यक्ष गोपीकृष्ण राईले बताए । यसअघि वडा नम्बर ६ ईन्दे्रणीपोखरी र वडा नम्बर ३ सावाकटहरेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको थियो ।
    क्याप्सनः पूर्ण सरसफाई उन्मुख वडा घोषणा गर्नुहुंदै गाउँपालिका प्रमुख राई, तस्विर समायोजन खबर, २०७५ असोज २३ बिहान ९ : १३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology