योगिन राई काठमाण्डौ,
आगामी पौष १३ गतेलाइ रिलिज मिति तय गरिएको चलचित्र बादसाह जुटको काफल पाक्यो बोलको पहिलो गीत सार्वजनिक भएको छ । जोनि सिङ रानाको कथा तथा निर्देशनमा बनेको फिल्मको गीत सोमबार राजधानीमा एक कार्यक्रमका बिच पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । गीतमा दुई बादसाह सुशील श्रेष्ठ र अमिर गौतमको साथमा एक्लि नायिका प्रियंका कार्कीलाइ फिचरिङ गराएका छन् । साथै फिल्मका मुख्य नायिकाहरुलाइ पनि गीतमा देखाइएको छ ।
फिल्ममा नायिका प्रियंका कार्कीलाइ गेष्ट रोलमा देख्न सकिन्छ । दुई राजाको कथामा बनेको चलचित्र एच एण्ड बि फिल्मस प्रालि र गोल्डेन ग्रेप्स फिल्मस एण्ड इन्टरटेनमेण्ट प्रालिको सयुक्त ब्यानरमा निर्माण भएको हो । भने, गीतमा राजनराज सिवाकोटि र मेलिना राइको आवाज रहेको छ । फिल्ममा अन्य कलकारहरुमा केइसा रावत, रोशि खडका, रश्मि पाण्डे, रविन तामाङ लगायतले अभिनय गरेका छन ।
२०७५ असोज २२ साँझ ५ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology