चिसाङ शेर्पा खोटाङ,
दिक्तेलस्थित सरस्वती आधारभूत विद्धालय पोखरीमा पुस्तकालय स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ दिक्तेलस्थित सरस्वती आधारभूत विद्धालयकोे शैक्षिक विकास र सुधारको लागि पहिलो पटक पुस्तकालयको स्थापना गरिएको हो ।
नेवा पुचः दिक्तेलको आयोजना र ‘हेण्ड ईन हेण्ड’ फेसवुक ग्रुपको करीव ५ लाख लगानीमा आईतबार पुस्तकालयको स्थापना गरिएको छ । वर्षदिनको प्रयासपछि पुस्तकालयको स्थापना गरेर विद्धालय व्यवस्थापन समिति अध्यक्ष छत्रकुमार वजिमयलाई हेण्ड ईन हेण्डका कार्यक्रम संयोजक किरण श्रेष्ठले पुस्तकालयको साँचो हस्तान्तरण गरेका छन् ।

विव्यास अध्यक्षलाई पुस्तकालयको चाँबी हस्तान्तरण गर्नुहुंदै हेण्ड ईन हेण्डका कार्यक्रम संयोजक किरण श्रेष्ठ (दायाँ)
प्राथमिक तहको सम्पुर्ण पुस्तक समाबेश भएको पुस्तकालयको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले रिवन काटेर उद्घाटन गरे । वालकक्षा सहित कक्षा ८ सम्म अध्ययन अध्यापन भईरहेको विद्धालयमा यसभन्दा अगाडी पुस्तकालय नभई विषयवस्तु भन्दा बाहिरी ज्ञानगुनका कुरा पढ्न नपाएका विधार्थीहरुलाई पुस्तकालयले बाहिरी शिक्षा आर्जन गर्नमा थप टेवा पुग्ने अनुमान गरिएको छ ।
हेण्ड ईन हेण्ड फेसबुक ग्रुपले ५ लाखको पुस्तकालय, ९० हजारको फर्निचर र विद्धालयमा अध्ययनरत १ सय ५० जना विधार्थीलाई ३६ हजारको कापी, १० हजारको पेन्सिल, ४८ हजारको झोला र एक हजार वरावरको सुचना पार्टी वितरण गरेको छ । १ सय ५० जना सहयोगीदाताबाट प्राप्त सहयोगले पुस्तकालय र ग्रुपमा रहेका सदस्यहरुबाट मासिक सय रुपैयाँ संकलन गरेर कापी, पेन्सिल खरिद गरिएको थियोे ।

कार्यक्रममा ग्रुपले आफ्नो महान कार्यमा आर्थिक सहयोग गर्नुहुने सहयोगीदाताहरुलाई कदरपत्र दिएर सम्मान गरेको छ । खोटाङसहित देश तथा विदेशगरी उक्त ग्रुपमा ३९ हजार वढी सदस्य रहेका छन् । हेण्ड ईन हेण्डले विभिन्न अन्य समाजिक काम गरेता पनि पुस्तकालय भने पहिलो पटक स्थापना गरेका हुन् । जिल्लाको लागि सरस्वती आधारभुत विद्धालयवाट सामाजिक कार्य सुरु भएको जनाईएको छ ।


पुस्तकालयमा पुस्तक अध्ययन गर्नुहुदै हेण्ड ईन हेण्डका कार्यक्रम संयोजक किरण श्रेष्ठ


क्याप्सन : पुस्तकालयको रिवन काटेर उद्धाटन गर्नुहुंदै नगरप्रमुख दिपनारायण रिजाल तस्विर चिसाङ शेर्पा २०७५ असोज १४ अपरान्ह ४ : ४ ६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology