• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जेष्ठ नागरिक दिवस भव्य रुपमा मनाईने

जेष्ठ नागरिक दिवस भव्य रुपमा मनाईने


चिसाङ शेर्पा
  • बिहिबार, असोज ११ २०७५

  • चिसाङ शेर्पा खोटाङ
    जेष्ठ नागरिक जिल्ला संघ खोटाङले भव्यताका साथमा जेष्ठ नागरिक दिवस मनाउने भएको छ । आगामी सोमबार २८ औं जेष्ठ नागरिक दिवस मनाउने तयारी गरेको हो ।

     

    भर्खरै मात्रै नेपालको मुख्य मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरुको भ्रमण सकेर जिल्ला आएका बृद्धबृद्धाहरुले जेष्ठ नागरिक दिवसको दिन हाटडाडाँ–रत्नपार्क हुंदै जिल्ला समन्वय समितिको सभाहलसम्म -याली गरेर विभिन्न कार्यक्रम गर्ने ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । जेष्ठ नागरिक दिवस दिन बृद्धबृद्धाहरुले भ्रमण गरेको भिडियो डकुमेन्ट्री प्रर्दशन र भ्रमणमा गएका ९५ जना बृद्धबृद्धलाई राम्रो रेखदेख गर्ने सोही समुहका ६ जना बृद्धबृद्धालाई सम्मान गर्ने भएको छ । संघले पत्रकारलाई समेत सम्मान गर्ने बुझिएको छ ।

     

    गत भदौ २९ गतेदेखी धार्मिक भ्रमण सुरुवात गरेका बृद्धबृद्धाहले भदौ ३० गतेबाट क्रमश धनुषामा रहेको जानकी मन्दिर, तनहुंको देवघाटधाम, रुपन्देहीको लुम्बिनी, म्याग्दीको गलेश्वरधाम मन्दिर, मुस्ताङको मुक्तिनाथ, बाग्लुङको कालिका भगवती मन्दिर, कास्कीको विन्ध्यावासिनी मन्दिर, गुप्तेश्वर महादेव मन्दिरको दर्शन एबं भ्रमण गरेको थियो ।
    क्याप्सन : जेष्ठ नागरिक दिवस मनाउने वारेमा छलफल गर्दै बृद्धबृद्धाहरु तस्विर, चिसाङ शेर्पा, २०७५ असोज ११ साँझ ५ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology