समायोजन खबर खोटाङ,
वाताबरण संरक्षणमा योगदान पु-याएकोमा कृषिबिज्ञ मदन राई हुतराम इन्भाइरन्मेन्ट अवार्डबाट सम्मानित भएका छन् । खोटाङको साकेला गाउँपालिका–२ रतन्छाका कृषिबिज्ञ राईलाई इन्भाइरन्मेन्ट एण्ड पव्लिक हेल्थ अर्गनाइजेसन (इएमपिएचओ) काठ्माण्डौंले यसवर्षको इन्भाइरन्मेन्ट अवार्ड प्रदान गरेको हो ।
नगद २५ हजार सहितको अवार्ड लेखक तथा पत्रकार भैरब रिसालले काठ्माण्डौंमा आयोजित कार्यक्रममा कृषिबिज्ञ राईलाई हस्तान्तरण गरेका छन् । दिनानुदिन बढ्दै गएको वातावरणीय प्रदूषणलाई रोकथाम गरेर वाताबरण स्वच्छ बनाउने क्षेत्रमा नेतृत्व गर्दै उल्लेखनीय योगदान पु¥याएकोमा कृषिविज्ञ राईलाई वाताबरण अवार्ड प्रदान गरिएको हो । जताततै प्रयोग भइरहेका रासायनीक मलले उर्बर जमिन बिग्रँदै गएको अवस्थामा मानवीय मलमुत्र संकलन एबं माटोमा प्रयोग गरेर वाताबरणीय सन्तुलन कायम गर्न सकिने अध्ययन र अनुसन्धानमा कृषिबिज्ञ राईको उल्लेखनीय योगदान रहेको छ ।
क्याप्सन : इन्भाइरन्मेन्ट अवार्ड लिँदै कृषिबिज्ञ मदन राई (दायाँ) । तस्बिर ,सुर्य राईको फेसबुक, २०७५ भदौ २८ साँझ ७ :४७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology