• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसिया कप छनोट क्रिकेटमा नेपाललाई पहिलो जित

एसिया कप छनोट क्रिकेटमा नेपाललाई पहिलो जित


समायोजन खबर
  • शनिबार, भाद्र १६ २०७५

  • समायोजन खबर खोटाङ,

    एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । १८९ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेलेसियाले ९ विकेटको नोक्सानीमा १६९ रन बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । लगातार दुई खेलमा पराजित भएको नेपाल आज तेस्रो खेलमा पहिलो जित आत्मसाथ गर्न सफल भयो ।

     

    नेपाललाई जिताउन बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए । यसैगरी सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । मलेसियाका अनुवार अनुरिद्दिन र सायद अजिजले ३४–३४ रन बनाए । पानी परेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै  १८८ रन बनाएको थियो । खराब शुरुआत गरेको नेपाललाई मोहम्द आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले उकासेका थिए ।

     

    शेखले नटआउट ६४ रन बनाउँदा दीपेन्द्रले महत्वपूर्ण ५४ रन जोडे । दुई जना खेलाडीले अर्धसतकको पारि खेलेपछि धरासायी बनेको नेपालको पारी उकासिएको थियो । ६० रनमा ५ विकेट गुमाएको नेपाललाई उकास्न दीपेन्द्र र आरिफले ८८ बलमा १०१ रनको सोझेदारि गरेका थिए । आज पनि नेपालको ओपनिङ अर्डर भने चल्न सकेन् । पहिलो विकेका रुपमा सुवास खकुरेललाई १८ रनको टिम स्कोरमा गुमाएको थियो । सुवास ९ रनमा आउट भएका थिए ।

     

    दोस्रो विकेटका रुपमा नेपालले ज्ञानेन्द्र मल्ललाई गुमायो । ज्ञानेन्द्र नेपालको स्कोर ३८ रन हुँदा ११ रन बनाएर आउट भए ।
    तेस्रो विकेटको रुपमा पारस खड्का १३ रनको ब्यक्तिगत स्कोरमा आउट भए । चौथो विकेट अनिल कुमार साह आउट भए भने त्यसलगत्तै सागर पुन पनि खातानै नखोली पेभेलियनको बाटो लागे । सागर पुन आउट हुँदा नेपालको स्कोर ६० रन थियो । त्यसपछि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो । दीपेन्द्र ५४ रनमा आउट भए ।

     

    छैटौं विकेटको रुपमा दीपन्द्र आउट भए पछि  मैदान आएका सोमपाल कामी पहिलो बलमै पेभेलियन फर्किए । त्यसपछि मैदान आएका बसन्त रेग्मी र क्रिजमा रहेका आरिफबीच १४ बलमा २७ रनको साझेदारी भएपछि नेपालले निर्धारित ओभरमा १८८ रन बनायो । सेजरुल इद्रुस र सार्दुल मुनिड्डेले तीन तीन विकेट लिए । नेपालले भोलि सिंगापुरसँग खेल्ने छ । उज्यालो
    २०७५ भदौ १६ गते अपरान्ह ४ : ३७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology