समायोजन खबर खोटाङ,
रौतहटको लाल बकैया नदीमा भएको डुंगा दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई प्रदेश २ सरकारले प्रति परिवार दुई लाख २५ हजार राहत दिने भएको छ । हिजो घटनास्थलको निरीक्षण गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सो सहयोग रकम दिने घोषणा गर्नुभएको हो ।मुख्यमन्त्री राउतले बेलामा पुल नबनाउने पप्पु कन्ट्रक्सनलाई कार्वाही हुनुपर्ने समेत बताउनुभयो ।
उहाँले डुंगा दुर्घटनामा परेर ज्यान गुमाएका परिवारलाई भेटेर प्रदेश सरकारले सक्दो सहयोग गर्ने बाचा समेत गर्नुभएको छ । मृतकका परिवारलाई गौर नगरपालिकाले १ लाख राहत र १५ हजार काजक्रिया खर्च दिने घोषणा गरेको छ । लालबकैया नदीमा शनिवार साँझ भएको डुंगा दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो ।
२०७५ भदौ १२ गते बिहान ९ : ४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology