समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वडाध्यक्ष र प्राबिधिकको बिबाद्का कारण भूकम्प पिडीतहरु मारमा परेका छन् । नगरपालिकाको वडा नं. ३ बाम्राङ हेर्ने पुर्ननिर्माण प्राधिकरणरका सब ईन्जिनियर खगेन्द्र लिम्बुलाई सोहि वडाका वडाध्यक्ष ललितकुमार राईले पुर्ननिर्माण भबन सम्बन्धि धम्कि दिएको भन्दै बिगत दुई महिनादेखि सो वडामा प्राबिधिक नगएका कारण भूकम्प पिडीतहरु मारमा परेका हुन् ।
गत असार ७ गते सब ईन्जिनियर लिम्बु र अध्यक्ष राई बिच सोहि वडामा बिबाद् हुंदा ईन्जिनियर लिम्बुलाई अपशब्द र ज्यान मार्ने धम्की दिएको भन्दै प्रधिकरणका कर्मचारीहरु सो वडामा जाने वातावरण नभएकोे लिम्बुले दुखेसो पोख्नुभयो । ईन्जिनियर लिम्बुका अनुसार वडा अध्यक्षले आपूmलाई निच शब्द प्रयोग गर्र्दै ज्यान मार्ने धम्की समेत दिएका कारण फिल्ड जान नसकेको स्विकार गर्नुभयो ।
वडा अध्यक्ष राईले भने, ‘आफुले ईन्जिनियर लिम्बुलाई त्यस्तो धम्की नदिएको र अपशब्द नगरेको दाबी गर्नुभयो । आप्mना वडाका भूकम्प पिडीतहरुलाई झन्झटिलो प्रकृया नलाद्न, कसैलाई काखा र पाखा नगर्न भनेको बताउनुभयो । वडाअध्यक्ष र ईन्जिनियर दुईजनाको बिचको बिबाद्का कारण उक्त वडामा निर्माणधिन भुकम्प प्रतिरोधी ९० घरहरुको निर्माण कार्य रोकिएका छन् ।
सोहि वडाका मनकुमार हिङ्माङ्ले जेठ महिनामै घडेरी खनेर तयार गरेको, भिमबहादुर दर्जीले घडेरी तयारी गरि डिपिसी ढलान गर्न ठिक्क पारेता पनि प्रबिधिकहरुले काम रोक्नु भनेपछि निर्माण कार्य बन्द गर्नु परेको गुनासो पोख्नुभयो । यस्तै चेतन राई, किन्दर राई, सञ्चकुमार राई लगायतका भूकम्प पिडीतहरुको घर निर्माण अहिले रोकिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले यस बिषयमा दुबै पक्षलाई राखेर छलफल गराई सहमतिमा ल्याई छिटो भन्दा छिटो समस्यको समाधान गर्ने र यदि दुई पक्ष बिच छिटो छलफल गराउन नसकेमा अर्का प्राबिधिक खटाईने बताउनुभयो ।
क्याप्सन : किस्ता रोकिदा भूकम्प पिडितको बन्न नसकेको घर, तस्विर चिसाङ शेर्पा, २०७५ भदौ ९ गते साँझ ६ : २६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology