• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खाम !

खाम !

कविता


ओम प्रकास घिमिरे
  • शनिबार, भाद्र ९ २०७५

  • ओम प्रकास घिमिरे,

    धैरै पहिलेको कुरा हो,
    परेवाको खुट्टामा
    बाधिएर देश बिदेश दौडिन्थ्यो ।
    आमाका आशु बोकेर परदेश जान्थ्यो
    छोराका दु :ख लिएर देश फर्कन्थ्यो
    कागलाइ अघि अघि लगाएर आफू
    पछि पछि आइपुग्थ्यो
    कहिले सुन्दर हाँसो बनेर
    सबैको घर घर चार्हाथ्यो
    कहिले

     

    आँसुको पोखरी बनेर
    धागोमा जेलिएर आउथ्यो ।
    यसरी खाम खबर बोकेर
    आउथ्यो आइरहन्थ्यो
    जान्थ्यो गै रहन्थ्यो ।
    देशका खबर बिदेश सम्म
    सहरका हल्ला गाउ सम्म
    उ एक्लै बोकेर दौडिरहन्थ्यो ।

     

    समय फेरिएपछी
    अचेल खाम
    गाउ देखी शहर सम्म
    संभ्रान्त देखी सामान्य सम्म
    सबै भद्र भलादमीको
    महाङगो कोटको
    खल्तीमा बस्छ
    र पुग्छ
    बिहे, छेवर, ब्रतबन्ध, गुन्यु चोली
    थरीथरीका
    यि पार्टी भोजहरुमा


    गोप्यतामा राखिदिन्छ इज्जत
    र हस्तान्तरित हुन्छ ऊ ।
    अचेल खाम भला मान्छेहरुको
    इज्जत ढाकिदिने गतिलो
    बस्त्र भएको छ ।

     

    रु १ मा खरिद गर्नोस र बोकिरहनुस खल्तिमा
    तपाइलाइ पनि,
    अभरमा काम दिन सक्छ ।
    २०७५ भदौ ९ गते मध्यान्ह २ : २६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology