समायोजन खबर खोटाङ, खोटाङमा समानुपातिक मत श्रम संस्कृति पार्टीलाई पहिलो आएको छ। उक्त पार्टीलाई १८ हजार १३७ मत प्राप्त भएको हो।
दोश्रोमा नेकपा एमालेलाई ११ हजार ३८५ समानुपातिक मत प्राप्त भएको छ। तेश्रोमा नेपाली कांग्रेसलाई १० हजार ७०५, चौथोमा रािष्ट्रय स्वतन्त्र पार्टीलाई ८ हजार ८७९ मत प्राप्त हुँदा नेकपा ७ हजार २७४ मत पाएर पाँचौ स्थानमा खुम्चिएका छन्।
राष्ट्रिय परिवर्तन पार्टीले १ हजार २४४ मत प्राप्त गर्दा अन्य दलले एक हजारभन्दा तल मत पाएको छ।
प्रत्यक्षतर्फ श्रम संस्कृति पार्टीले १६ हजार ६१२, नेकपा एमालेले १२ हजार ७१४, नेपाली कांग्रेसले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टीले ९ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ५ हजार ७०४ मत प्राप्त गरेको थियो।
खोटाङमा १३ वटा राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए। श्रम संस्कृति पार्टीका महासचिव आरेन राई निर्वाचित भएका छन्। निर्वाचित हुनेमा राई जिल्लाको सबैभन्दा कान्छो सांसद हुन्।
यो पनि,३० वर्षीय आरेन राई बने सांसद,को हुन् आरेन
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology