समायोजन खबर खोटाङ, खोटाङमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको जिल्ला कमिटी श्रम संस्कृति पार्टीमा समाहित भएका छन्।
श्रम संस्कृति पार्टीको कार्यालय दिक्तेलमा सोमबार जसपाका जिल्ला कमिटी अध्यक्ष निर्मल राईसहित ३७ जना जिल्ला कमिटीका पदाधिकारीहरु उक्त पार्टीमा समाहित भएका हुन्।
आफूसहित ३७ जना नेता कार्यकर्ता समाहित भएको वैठक पुस्तिका जसपाबाट श्रम सस्कृतिमा समाहित हुनुभएका राईले श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष प्रताप राईलाई हस्तान्तरण गर्नुभएको छ। योसँगै जसपाका समानुपातिक उम्मेद्वार रेणुका राई पनि समाहित हुनुभएको छ।
जसपाबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा दुई कार्यकाल निर्वाचित वडाध्यक्ष मुगाधन राई पनि श्रम संस्कृतिमै समाहित हुनुभएको छ। जसपाले खोटाङमा प्रत्यक्षतर्फ राकेश राईलाई उम्मेद्वार उठाएको छ। जिल्ला कमिटी नै श्रम संस्कृतिमा समाहित भएपछि उम्मेदवार राई एक्लिनु भएको छ।
यसैगरी, सोही अवसरमा नेपाली कांग्रेस खोटाङका संगठन विभाग प्रमुख विष्णुराज राई पनि श्रम संस्कृति पार्टी प्रवेश गर्नुभएको छ। पार्टीमा समाहित हुनु भएका तथा प्रवेश गर्नुभएका नेता,कार्यकर्ताहरुलाई उक्त पार्टीका अध्यक्ष प्रताप राई र सचिव धनीराम नछुङले अविरजात्रा गरेर पार्टीमा भित्र्याउनु भएको छ। श्रम संस्कति पार्टीले खोटाङमा आरेन राईलाई उम्मेदवार उठाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology