• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गछियालाई सडन डेथमा हराउँदै प्रभुराम राई कपको उपाधि नेर्पालाई

गछियालाई सडन डेथमा हराउँदै प्रभुराम राई कपको उपाधि नेर्पालाई


समायोजन खबर
  • आइतबार, माघ १२ २०८२

  • विजेता टीम नेर्पा। तस्वीरःमनोज श्रेष्ठ

    समायोजन खबर खोटाङ, प्रभुराम राई आमन्त्रित कप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले उचालेको छ। बुईपास्थित यलम्बर रंगशालामा आईतबार फाइनल खेलमा पेनाल्टी सुटआउटमा गछिया युवा समाज मोरङलाई पराजित गर्दै नेर्पाले उपाधि उचालेको हो।

    खेलको निर्धारीत समयसम्म दुबै टिमबाट एकएक गोलमात्रै भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा पनि समान ३–३ गोल भएपछि खेलको निर्णय सडन डेथबाट लिईएको थियो।

    प्रतियोगिताको च्याम्पियन नेर्पाले नगद तीनलाख सहित १५ केजी बढीको आर्कषक ट्रफी प्राप्त गरेका छन् । उपविजेता गछिया युवा समाजले नगद १ लाख ५१ हजारसहित आर्कषक ट्रफीमा चित्त बुझाएको छ।

    प्रतियोगितामा नेर्पाका राम ढकाल सर्वोत्कृष्ट खेलाडी बनेर नगद ३० हजार प्राप्त गरे। राइजिङ प्लेयर बुईपाका एलन राई, उत्कृष्ट गोलरक्षक नेर्पाका रोहन परियार, बेष्ट फर्वाड गछियाका रोहन गुरुङ, गछियाकै योना लिम्बु बेष्ट मिडफिल्डर, हाईस्कोरर नेर्पाका बिकी चाम्लिङ र गछियाका निक्सेन दास हुँदा उत्कृष्ट टीमकोच नेर्पाका डिगेन्द्र गुरुङ भए। उनीहरुले जनही १५ हजार प्राप्त गरेको छ। बेष्ट डिफेण्डर बुईपाका रामसुर राई भए। उनले २५ हजार नगद पुरस्कार पाए। बेष्ट डिफेण्डरको पुरस्कार बुइपाकै शिव राईले प्रायोजन गर्नुभएको हो।

    सेमिफाइनलिष्ट बुइपा ११ फुटबल क्बल र खाराम्बु स्पोर्टस क्लब खार्मीले ५०–५० हजार नगद प्राप्त गरेको छ। नेर्पा स्पोर्टस क्लबले जिल्लामा हुने फुटबल प्रतियोगिताहरुमा एकछत्र जित निकाल्दै आएको छ।

    बुईपा ११ फुटबल क्लबको आयोजना, खोटाङ जिल्ला फुटबल संघको संयोजन र यलम्बर रंगशालाका परिकल्पनाकार, बुईपा पञ्चायतमा २०४४ सालको निर्वाचित प्रधानपञ्च तथा पूर्बब्रिटिस गोर्खा सैनिक ८२ वर्षीय प्रभुराम राईको सम्मानमा उहाँको परिवारको लगानीमा प्रतियोगिता भएको हो। विजेता र उपविजेतालाई ट्रफी प्रभुराम राईले र नगद पुरस्कार राईका श्रीमती सीता राईले प्रदान गर्नुभएको थियो।

    माघ ७ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाबाहिरका चार फुटबल क्बलसहित दश फुटबल क्बलले सहभागिता जनाएको थियो। प्रतियोगिताको पुरस्कार राशीलाई जिल्लाको हकमा सबैभन्दा ठूलो पुरस्कार राशी मानिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology