Samayojan khabar

Advertisment

SKIP THIS

प्रभुराम राई आमन्त्रित कप फुटबल : ऐसेलुखर्कमाथि आयोजकको शानदार जित

प्रभुराम राई आमन्त्रित कप फुटबल : ऐसेलुखर्कमाथि आयोजकको शानदार जित


समायोजन खबर
  • बुधबार, माघ ८ २०८२

  • ट्रफी अनावरण गरेर प्रतियोगिता उद्घाटन गर्नुहुँदै एन्फा महासचिव किरन राई। तस्वीर दमन राई।

    समायोजन खबर खोटाङ, खोटाङको बुईपामा प्रभुराम राई आमन्त्रित कप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। बुईपास्थित यलम्बर रंगशालामा माघ ७ गतेदेखि ११ गतेसम्मलाई प्रतियोगिता सुरु भएको हो।

    बुईपा ११ फुटबल क्लबको आयोजना, यलम्बर रंगशालाका परिकल्पनाकार, बुईपा पञ्चायतमा २०४४ सालको निर्वाचित प्रधानपञ्च तथा पूर्बब्रिटिस गोर्खा सैनिक ८२ वर्षीय प्रभुराम राईको सम्झनामा उहाँको परिवारको लगानीमा प्रतियोगिता सुरु भएको बुईपा ११ फुटबल क्लबका सचिव रोशन राईले जानकारी दिए।

    प्रतियोगिताको एन्फा महासचिव किरण राईले उद्घाटन गरेका थिए। उद्घाटन खेलमा आयोजक बुइपा ११ फुटबल क्लबले ऐसेलुखर्क गाउँपालिकामाथि ४ गोल गर्दै विजय यात्रा सुरु गरेको छ। खेलको पहिलो हाफको १९ औं मिनेटमा बुइपाका खेलाडी प्रभिन राईले हेडमार्फत सुरुवाती गोल गरे। २८ औं मिनेटमा बुइपाकै खेलाडी डिकेन राईले अर्को गोल थपेका थिए। दोश्रो हाफको ६ मिनेटमा बुइपाका खेलाडी मिलन राईले फेरी गोल गरे। दोश्रो हाफकै ११ औ मिनेटमा बुइपाका खेलाडी प्रभिन राईले अर्को गोल थपेर खेललाई निर्णायक बनाए ।

    ऐसेलुखर्कका खेलाडी रोशन तामाङले पहिलो हाफको २५ औं मिनेटमा फल गरेपछि उनलाई रेफ्रीले पहेलो कार्ड देखाएका थिए। प्रतियोगिता अन्तर्गत माघ ८ गते खारम्बु स्पोर्टस क्लब खार्मी र खोटाङ फुटबल एकेडेमी, नेर्पा स्पोर्टस क्लब र सिर्जना युवा क्बल धरान तथा रणभीम गण मुडे र गछिया युवा समाज मोरङबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा जिल्लाबाहिरका ४ फुटबल क्बलसहित १० फुटबल क्बलले सहभागिता जनाएको छ।

    प्रतियोगिताका विजेताले नगद ३ लाख, उपविजेताले १ लाख ५१ हजार र सेमिफाइनलिष्टले ५०/५० हजार नगद पुरस्कार प्राप्त गर्ने बुइपाका वडाध्यक्ष एवंम् प्रभुराम राईका जेठा छोरा दिनेश राईले जानकारी दिनुभयो। सम्पूर्ण विधामा १५ हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ भने उत्कृष्ट खेलाडीले २० हजार र म्यान अफ द म्याचले २५ सय प्राप्त गर्नेछन्।

    हालसम्म फुटबल प्रतियोगिताको पुरस्कार राशीलाई जिल्लाको हकमा सबैभन्दा ठूलो पुरस्कार राशी मानिएको छ। प्रतियोगिता सम्पन्न गर्न १७ लाख बढी बजेट लाग्ने अनुमान गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology