• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिकामा ‘श्रम साकेला अभियान’बाट सडक सरसफाई

साकेला गाउँपालिकामा ‘श्रम साकेला अभियान’बाट सडक सरसफाई


समायोजन खबर
  • शनिबार, पौस १२ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिकामा जनश्रमदानमार्फत सडक सरसफाई तथा मर्मत कार्यलाई तीव्रता दिइएको छ। गाउँपालिकाले सञ्चालन गरिरहेको ‘श्रम साकेला अभियान’ अन्तर्गत पालिका क्षेत्रभित्र निरन्तर रूपमा विकास निर्माण तथा सरसफाईका कार्यक्रमहरू अघि बढाइँदै आएको हो।

    गाउँपालिकाको नीतिगत निर्णय अनुसार हालै मात्र साकेला गाउँपालिकाको प्रमुख सडक खण्ड साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक अन्तर्गत खिदिमास्थित खरुवाखोलादेखि तावाभञ्ज्याङसम्मको सडक सरसफाई तथा मर्मत गरिएको छ। लामो समयदेखि बिग्रँदै आएको सडक खण्डमा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता, जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त पहलमा श्रमदानमार्फत सुधार गरिएको हो।

    जनश्रमदानका क्रममा सडकमा जमेको माटो, ढुंगा तथा झारपात हटाइनुका साथै सडक छेउछाउमा फैलिएका बोटविरुवाहरू काटेर यातायात आवागमन सहज बनाइएको छ। यस अभियानले सडकको स्वरूप मात्र होइन, स्थानीय नागरिकमा स्वामित्व भावना र सामूहिक जिम्मेवारीको चेतनालाई पनि बलियो बनाएको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताउनुभएको छ।

    गाउँपालिकाले विकासलाई केवल बजेट र योजनामा सीमित नराखी नागरिकको श्रम, सीप र सहभागितासँग जोडेर अघि बढाउने नीति लिईएको अध्यक्ष राईले जनाउनुभएको छ। स्थानीय सय कुमार राईका अनुसार यस्तो अभियानले गाउँको विकासप्रति सबैलाई जिम्मेवार बनाउनुका साथै आपसी सहकार्य र एकताको भावना बढाएको बताउनुभयो।

    गाउँपालिकाले आगामी दिनमा पनि सडक, खानेपानी, सरसफाई तथा सार्वजनिक संरचनाको संरक्षण र मर्मतका लागि श्रमदान अभियानलाई निरन्तरता दिने जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology