• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा २५ वर्षीय युवा चुनाव लड्ने

खोटाङमा २५ वर्षीय युवा चुनाव लड्ने


समायोजन खबर
  • शुक्रबार, मंसिर २७ २०८२

  • मिरेस राई

    समायोजन खबर खोटाङ, राष्ट्रिय परिवर्तन पार्टीले खोटाङबाट प्रतिनिधिसभाको उम्मेदवार घोषणा गरेको छ।

    उक्त पार्टीले दिक्तेलको हेलिप्याडमा शुक्रबार पार्टी घोषणा सभामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका २५ वर्षीय मिरेस राईलाई उम्मेदवार घोषणा गरेका हुन्।

    आगामी फागुन २१ गते हुने प्रतिनिसभा निर्वाचनका लागि मिरेसलाई र्निविवाद उम्मेद्वार घोषणा गरिएको राष्ट्रिय परिवर्तन पार्टी जिल्ला कमिटी खोटाङका अध्यक्ष तप्सेन राईले जानकारी दिनुभयो।

    उम्मेदवार घोषणा गरिएका मिरेस प्रखर वाककला भएका व्यक्ति हुन्। उनी महेन्द्ररत्न क्याम्पस ताहचल काठमाण्डौमा स्नातक तहमा अध्ययनरत छन्।

    अध्यक्ष राजेश पटेल रहेको पार्टीलाई जेनजी युनाइटेड मुभमेन्टले समर्थन गरेपछि खोटाङमा पार्टी घोषणा गरिएको हो। पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन्।

    उम्मेदवार घोषणा अघि पार्टीको चुनाव चिन्ह बाँसुरीसहित रत्नापर्कदेखी त्रिवेणीचोक, हेलिप्याडसम्म ¥याली निकालिएको थियो। यो पार्टीले समानुपातिक उम्मेदवर घोषणा गर्न बाँकी राखेको छ। उक्त पार्टीले प्रत्यक्ष राष्ट्रपति प्रणाली, शुन्य भ्रष्टाचार लगायतका सातवटा प्रमुख एजेण्डा अघि सारेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology