Samayojan khabar

Advertisment

SKIP THIS

दक्षिणी क्षेत्रको प्रमुख नाका बंशिलाघाटमा बेलिब्रिज राख्न सुरु

दक्षिणी क्षेत्रको प्रमुख नाका बंशिलाघाटमा बेलिब्रिज राख्न सुरु


समायोजन खबर
  • शुक्रबार, मंसिर २० २०८२

  • बेलिब्रिज जडानका लागि तारजाली लगाउने काम गर्दै कामदारहरु। तस्वीर सौजन्य : सरगम राई।

    समायोजन खबर खोटाङ,खोटाङको दक्षिणी क्षेत्रको प्रमुख नाका बंशिलाघाटमा अस्थाई बेलिब्रिज राख्न सुरु गरिएको छ। यहाँको वराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमाना सुनकोशी नदीस्थित बंशिलाघाटमा बेलिब्रिज राख्न सुरु गरिएको हो।

    कोशी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयबाट आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ८७ लाखमा खरीद भई पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण भएको बेलिब्रिज १७ मंसिरदेखि राख्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख बिनम दाहालले जानकारी दिनुभयो।

    दाहालका अनुसार ५१.८१ मिटर लम्बाई, ४.१ सिंगल लेन चौडाई भएको बेलिब्रिज गुरुकुल विल्डर्स एण्ड सप्लायर्स प्रालि रौतहटले राख्न सुरु गरेको छ। बेलिब्रिज राख्नलाई ९९ लाख ९८ हजार ८६८.२५ रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण कम्पनीले मूल्य अभिवृद्धि करसहित ५७ लाखमा बेलिब्रिज राख्ने कबोल गरेको छ। बेलिब्रिज पौषको पहिलो हप्ता जडान गरिसक्ने लक्ष्य राखिएको छ। नदीमा पानीको बहाव बढेसँगै आगामी जेठ पहिलो साता बेलिब्रिज खोलेर राखिनेछ।

    बंशिलाघाटको सुनकोशीमा संघीय सरकारले पक्की पुलको काम गराए पनि निर्माण व्यवसायीले पुल वर्षौेदेखी अलपत्र पार्दा जिल्लाको दक्षिणी भेगबाट तराई झर्न तथा दैनिक उपभोग्य वस्तु आयात निर्यात गर्न सुनकोशी नदी बाधक बनिरहेको छ।

    पक्की पुल नहुँदा पारी चौदण्डीगढीको सडकसम्म पुग्न झोलुङगे पुलबाट मोटरसाइकल तार्नुपर्ने बाध्यता छ। दैनिक उपभोग्य सामाग्रीहरु झोलुङगे पुलमा प्रयोग हुने ठेलागाडीलाई भाडा तिरेर वारपार गराइदै आएको छ।

    जिल्लाको जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिकाका नागरिकहरु तराई झर्न र खाद्य सामाग्रीहरु आयातनिर्यात गर्न बंशिलाघाट नाका प्रयोग नगरी सुखै छैन। बेलिब्रिज जडान सकेर सञ्चालनमा आएपछि छ महिनाका लागि आवतजावतमा समस्या नहुने कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले बताउनुभयो। संघीय सरकारले बनाईरहेको पुल अलपत्र पार्ने निर्माण व्यवसायीलई पनि तारन्तर खबरदारी गर्दै काममा फर्काउने प्रयास भईरहेको मन्त्री राईको भनाई छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology