समायोजन खबर खोटाङ,श्रम संस्कृति पार्टीले केपिलासगढी गाउँपालिकामा समिति गठन गरेको छ। मिलनचन्द्र राईको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो।
श्रम संस्कृति पार्टीका पालिका अध्यक्ष बनेका राई नेकपा एसका पालिका अध्यक्ष हुनुहुन्थ्यो। उनी नेकपा एस परित्याग गरी श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन्। समितिको उपाध्यक्षमा रुद्र खड्का, कुमार परियार, अर्वचन राई, सचिवमा वालकुमार राई, सह–सचिवमा बातिराम राई र कोषाध्यक्षमा ममता राई रहेकी छन्।
पार्टीका जिल्ला संयोजक प्रताप राई र सह–संयोजक उमा चाम्लिङ राईको उपस्थितिमा बिहीबार समिति गठन गरिएको हो। समिति गठनसँगै बाक्सिलाबजारमा श्रमदान गरिएको छ।
जिल्ला संयोजक राईका अनुसार नेकपा एसका बासपानी अध्यक्ष अर्वचन राई, उपाध्यक्ष रुद्र खड्का, कांग्रेस नेता बालकुमार राई, माओवादी केन्द्रका नेता बातिराम राई पार्टी परित्याग गरी श्रम संस्कृति पार्टीमा आएका हुन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology