समायोजन खबर खोटाङ, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको ऐसेलुखर्क गाउँपालिकामा तदर्थ कमिटी गठन गरिएको छ।
रजिन थुलुङको अध्यक्षतामा १३ सदस्यीय पालिका स्तरीय कमिटी गठन गरिएको हो। कमिटीको उपाध्यक्षमा प्रमिला राई, सचिवमा युवराज राई, सहसचिवमा टेकराज राई र कोषाध्यक्षमा डिबि थुलुङ चयन भएका छन्।
११ कार्तिकमा ऐसेलुखर्कमा अवस्थित कर्मलामा लामाछिरी मन्दिर र सिहदेबी मन्दिर परिसर सरसफाई गर्दै तदर्थ कमिटी गठन गरिएको श्रम संस्कृति पार्टीका जिल्ला संयोजक प्रताप राईले जानकारी दिए।
संयोजक राईका अनुसार मन्दिर सरसफाईसँगै फापरसोरा थामडाँडा निस्कने सिढी सरसफाई तथा १५ फिट लम्बाई, ५ फिट चौडाई, ४ फुट उचाईको ढुंगाको प्रकृतीमैत्री फोहोर फाल्ने खाल्डो निर्माण गरिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology