• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दशैमा छोरीचेलीलाई निशुल्क यातायात सेवा सुरु

दशैमा छोरीचेलीलाई निशुल्क यातायात सेवा सुरु


समायोजन खबर
  • बिहिबार, असोज १६ २०८२

  • अभियानका युवाहरु मोटरसाइकलका साथमा सामूहिक तस्वीर खिचाउँदै।

    समायोजन खबर खोटाङ,दिक्तेलको रत्नपार्कमा दशै टीकाको दिन करीव मध्यान्ह १२ बजे पहेलो र रातो एप्रोन लगाएका युवाहरु आफ्नो मोटरसाकइल लिएर भेला भए। भेलाको उद्देश्य रमाइलो गर्न थिएन, दशै मनाउन घरदेखी माईतीघर, माईतीघरदेखी घरसम्म जानआउन छोरीचेलीलाई निशुल्क यातायात सेवा दिने थियो।

    दशैतिहार चेलीलाई उपहार अभियानको दोश्रो संस्करण अन्तर्गत जिल्लाभित्र करीव ३५ किलोमिटरसम्म निशुल्क यातायात सेवा दिने युवाहरुको अठोट छ। यो सेवा दशै टीकाको दिनदेखी असोज १९ गतेसम्म चल्नेछ।

    निशुल्क यातायात सेवा आर्थिक स्थिति कमजोर भएका र सवारी साधनको पहुँच नभएका महिलाहरुले पाउँनेछन्। यद्यपी, सडक र मौसमलाई मध्यनजर राखेर बढीमा ५ केजी मात्रै कोसेली बोक्नुपर्ने शर्त राखिएको छ। अभियानको पहिलो दिन २५ वटा मोटरसाइकल, दुईवटा चारपाङग्रे सवारीबाट सेवा दिईएको अभियान संयोजक सन्जय कुमार राईले बताए।

    यातायात सेवा लिने लक्षित वर्गहरुले किरात चोक रत्नपार्कको सचिवालयमा सम्पर्क गर्नुपर्नेछ। अथवा सीधै संयोजक राई लगायत अभियानका युवाहरुलाई सम्पर्क गर्न सकिनेछ।

    यही प्रकृतिको अभियान तिहारमा पनि सञ्चालन हुनेछ। तिहारमा कार्तिक ५ गतेदेखि ७ गतेसम्म चल्नेछ। गतवर्ष दशै तिहारमा ५०० हाराहारीमा छोरीचेलीलाई यातायात सेवा दिईएको थियो।

    खोटाङमा सञ्चालित अभियानको प्रभाव भोजपुरमा पनि परेको छ। भोजपुरका युवा संग्राम राईको नेतृत्वमा दशैमा छोरीचेली र अशक्तलाई निशुल्क यातायात सेवा दिईरहेको छ। यस्तै, संखुवासभामा मेघराज तोलाङ्गेको नेतृत्वमा अभियान चलिरहेको छ। खोटाङबाट सुरु भएको अभियानले देशभर प्रशंसा र चर्चा पाईरहेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology