• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन


समायोजन खबर
  • मंगलबार, असोज १४ २०८२

  • दीप प्रज्वलन गरिदै।

    समायोजन खबर खोटाङ, जेनजी आन्दोलनमा साहदत प्राप्त गरेका सहिदहरुको सम्झनामा दिक्तेलबजारमा दीप प्रज्जवलन गरिएको छ।

    सामाजिक सञ्जाल खुला र व्याप्त भ्रष्टाचार विरुद्ध भदौ २३ र २४ गते काठमाण्डौसहित देशभर भएको आन्दोलनमा ज्यान गुमाएका जेनजीको सामूहिक शव दहन पश्चात १३ औ दिनको पुन्य तिथिमा मंगलबार साँझ पूरानो बेसक्याममा दीप प्रज्वलन गरिएको हो।

    दीप प्रज्वलनमा जेनजी पुस्तासहित अग्रजहरु स्वस्फूर्त सहभागी थिए। दीप प्रज्वलन अघि रत्नपार्कबाट हाटडाँडा, हाँटडाँडादेखी पूरानो बेसक्यामसम्म -याली निकालिएको थियो।

    -यालीमा जेनजी सहिदहरुको फोटो अंकित ब्यानर प्रदर्शन गरिएको थियो भने सहिदहरुको सम्मानमा विभिन्न किसिमका प्लेकार्डहरु पनि प्रदर्शन गरिएको थियो। जेनजी आन्दोलनमा हालसम्म ७५ जनाको मृत्यु भएको छ। सरकारले ७२ जनालाई सहिद सहिद घोषणा गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology