• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मोटरसाइकलको चक्कामा खुट्टा छिर्दा खुट्टा भाँचियो

मोटरसाइकलको चक्कामा खुट्टा छिर्दा खुट्टा भाँचियो


समायोजन खबर
  • मंगलबार, असोज १४ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङमा मोटरसाइकलको चक्कामा खुट्टा छिर्दा महिलाको खुट्टा भाँचिएको छ।

    ऐसेलुखर्कबाट लामिडाँडा जाँदै गरेको बा ९७ प ९३९५ नम्बरको मोटरसाइकलमा पछाडी बसेर यात्रा गर्ने क्रममा मंगलबार बिहान ९ बजेर ४५ मिनेट जाँदा रावाबेशी गाउँपालिका–६ हौचुुरकी ५५ वर्षीया भगवती परियारको दाहिने खुट्टा भाँचिएको हो।

    मोटरसाइकल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय मनोज महराले चलाएका थिए। मोटसाइकलमा पछाडी बसेर यात्रा गर्ने क्रममा कुभिण्डेस्थित हरमटारमा उक्त घट्ना घटेको प्रहरीले जनाएको छ।

    खुट्टा भाँचिएर घाइते भएकी परियारको हरमटारस्थित स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात बिहान ११ बजे मोटरसाइकल चालक आफैले थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौ लगेका छन्।घाईतेको अवस्था मध्यम छ। मोटरसाइकल प्रहरी चौकी हरमटारको नियन्त्रणमा छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology