• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जेनजीको कोशी प्रदेश संयोजक बने खोटाङका उपार्जुन राई

जेनजीको कोशी प्रदेश संयोजक बने खोटाङका उपार्जुन राई


समायोजन खबर
  • शनिबार, असोज ४ २०८२

  • उपार्जुन राई

    समायोजन खबर खोटाङ,जेनजीको कोशी प्रदेश संयोजकको जिम्मेवारी उपार्जुन राईले पाएका छन्।

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय राईलाई कोशीको जिम्मेवारी दिएको जेनजीका संयोजक सुदन गुरुङले जानकारी दिएका छन्।

    राईसहित सातै प्रदेशका लागी जेनजीको संयोजक असोज ३ गते बालुवाटारमा टुगो लगाईएको हो। जेनजीले प्रदेश संयोजक छनोट गरेर सातै प्रदेशबाट एक एकजना प्रतिनिधि मन्त्रिपरिषदमा पठाउने तयारी थालेका छन्।

    प्रदेश संयोजकबाट जिल्ला संयोजकको टुंगो लगाउँदै फागुन २१ गते हुने निर्वाचनमा जिल्ला जिल्लाबाट टीम बनाएर जाने तयारी रहेको जेनजीका कोशी प्रदेश संयोजक राईले बताए।

    मधेश प्रदेशमा शिव यादव, बाग्मती प्रदेशमा किरण केसी, गण्डकी प्रदेशमा प्रदिप पाण्डे, लुम्बिनी प्रदेशमा आदित्य आचार्य, कर्णालीमा सुप्रिया शाही र सुदुरपश्चिममा खेमराज साउदलाई संयोजकको जिम्मेवारी दिईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology