समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको प्रक्रिया अन्तर्गत निस्सा बितरण गरिएको छ।
भूमि समस्या समाधान आयोग जिल्ला समितिले बिहीबार जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रम राखेर २९७ जनालाई निस्सा वितरण गरेको हो।
आयोगका अध्यक्ष निर्मल राईका अनुसार नुनथला र दिक्तेल बाहेक अन्य १३ वडाका १६ जना भूमिहिन दलित, ५८ जना भूमिहिन सुकुम्बासी र २२३ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको छ।
दिक्तेलका ३ जना भूमिहिन सुकुम्बासी र नुनथलाका १६ जना अव्यवस्थित बसोबासीलाई यसअघि नै निस्सा वितरण गरिसकिएको छ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाका ११६ जनालाई पनि निस्सा वितरण गरिएको छ। अन्य स्थानीय तहहरुले चासो नदिएकाले निस्सा वितरण गर्न नसकिएको अध्यक्ष राईको भनाई छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology